Butwal Today

दुबै मृगौला फेल भएपछि उपचारको लागि सहयोग याचना

१७ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

बुटवल(बुटवल टुडे) जेठ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग साम्नेगाउँ निवासी रेमबहादुर घर्तीको छोरी प्रमिला घर्तीको दुबै मृगौला फेल भएपछि उपचारको लागि परिवारले सहयोगको अपिल गरेका छन् ।

आमा खिमा घर्तीले हाल  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार छोरी प्रमिलाको उपचारको लागि आर्थिक अभाव भएको भन्दै उपचारको लागि सहयोग गर्न आग्रह गरेकी छिन् ।

उपचारको लागि ७  देखि ९ लाख रुपैयाँ लाग्ने  तर यसको लागि  रकम अभाव रहेको पिडीत विरामीका बुबा रेम बहादुर घर्तीले जानकारी दिए । पिडीत लाई सहयोग गर्नको लागि एभरेष्ट बैंकको खाता नम्बर ०३९००५०१२११५४० मा रकम सहयोग गर्नसकिन्छ भने उनको फोन नम्बर ९८७६४१९६६१ मा  सम्पर्क गर्न सकिन्छ ।