ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

किसानलाई साढे पैतालिस करोड

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल,  १७ जेठ । संघीय सरकारबाट सञ्चालित नेपाल लाईभस्टक सेक्टर ईनोभषन आयोजना, आयोजना कार्यान्वयन एकाई बुटवलमा प्रदेशका ७ वटा जिल्लाका समूह, सहकारी र किसानले साढे ४५ करोड बढि अनुदान प्राप्त गरेका छन् । समूह, सहकारी र नीजि फार्म तर्फ छनौट भएका १ सय २५ वटा उप आयोजनाले अधिकतम १ करोड सम्म अनुदान पाएका हुन ।

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना, आयोजना कार्यान्वयन एकाई बुटवलका निमित्त प्रमुख डा. शिवालाल भुषलाका अनुसार समूह सहकारीतर्फ प्रदेशका ७ जिल्लाका मूल्यशृङखलातर्फ ४०, दुध मुल्य श्रंखला तर्फ ६७, डेरी प्रसोधन तर्फ १८ वटा उप आयोजना कार्यान्वयन आएका हुन । ५४ वटा, नीजि फार्म तथा उद्योग तर्फ नवलपरासीमा ४, रूपन्देहीमा २६, कपिलवस्तुमा ११, बर्दियामा १५, अर्घाखाँचीमा ७, गुल्मीमा ४ र पाल्पामा ११ वटा उप आयोजना सम्पन्न भएका छन् । आयोजना यहि असार महिनामा समापन हुँदै छ । भुक्तानी रकमको आधारमा हाल सम्म ४५ करोड ७८ लाख ६२ हजार रूपैयाँ किसानले अनुदानको रूपमा प्राप्त गरेका हुन् ।

यसमा बैंक तथा वित्तीय संस्थाबाटकिसानले लिएको सहुलियत कर्जा ३० प्रतिशत र किसानले आफै लगानीग गरेको २० प्रतिशत गणना गरिएको छैन । आयोजनाले नेपालको खसी बोकाको मासु तथा मासुजन्य पदार्थको उत्पादन उत्पादकत्व बृद्धि गर्ने लक्ष्य लिएको थियो । सोही अनुसार उप आयोजना छनौट गरी कार्यान्वयन गरिएको जनाइएको छ । २०% कृषकको तर्फबाट लगानी, ३०% वित्तीय ऋण प्रवाह र बाँकी ५०% (अधिकतम एक करोडसम्म) आयोजनाको तर्फबाट पुरक अनुदानको रूपमा प्रदान गरिएको आयोजना कार्यान्वयन एकाई बुटवलका नि.प्रमुख डा. शिवलाल भुषालको भनाई छ ।

पहिलो पटक प्रतिस्पर्धात्मक पुरक अनुदानको लागि २०७७ जेष्ठमा सार्बजनिक सूचना प्रकाशन गरी समूह/सहकारीहरूलाई अबधारणा पत्र पेश गर्न आह्वान गरिएको पुनः २०७७ असारमा उत्पादक संस्थाबाट र तेश्रो पटक माघमा निजी फर्म, कम्पनीबाट पुरक अनुदानको लागि अवधारणा पत्र आह्वान गरिएको र समूह, सहकारी तर्फ ५० वटा सम्झौता मध्ये ४७ वटा भएको उनको भनाइ छ । समूह सहकारी मध्ये ६ प्रतिशत उप आयोजना रद्द समेत भएका छन् ।

निजी फर्म, कम्पनीतर्फ ११७ वटा उप आयोजना सम्झौता मध्ये ७८ वटा मात्र सम्पन्न । रद्द उप–आयोजनाको संख्या ३९ वटा रहेका छन् । जसमा ३१.२ प्रतिशत उप आयोजना रद्ध भएका हुन । यहि असार महिनादेखि सकिन लागेको परियोजानको अन्तीम समीक्षा गोष्ठी समेत गरिएको छ । बुधवार बुटवलमा आयोजना गरिएको समापन गोष्ठीमा बोल्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेशसिंह कुँवरले किसानहरूलाई खुला सिमाना वषौँदेखि चुनौतिका रूपमा रहेको बताए ।

आफ्नो कार्यक्षेत्र भित्र नपरेपनि प्रहरी प्रशासनसँगको समन्वयमा अबैध आयात रोक्न पहल गर्दैआएको बताउँदै सिमा नाकाहरूमा थप कडाई गर्न आबश्यक रहेकोमा जोड दिए । पछिल्लो समय प्रहरी प्रशासनको सक्रियताले भारतबाट हुने कर्षिजन्य बस्तु, तरकारी, दुध र मासुको आयातमा कमी आएको र जसले गर्दा यहाँका किसानहरूले राम्रो मुल्य पाएको बताए । बजारको माग अनुसारको कृर्षिजन्य बस्तु उत्पादन र बनारीकरण गर्न सकेमा मात्र किसानले फाइदा लिनसक्ने निर्देशक डा.कुँवरले बताए । यो आयोजना आगामी असारमा सकिएपनि प्रदेश सरकारमार्फत् किसानहरूलाई आबश्यक सहयोग र सहजिकरण गरीने उनले बताए ।

विकेन्द्रित आयोजना सहयोग इकाई,बुटवलका निमित्त आयोजना समन्वय प्रमुख डा.शिवलाल भुसालले कोभिड महामारीका बीचमा पनि आयोजनाले गरेको लगानीबाट धेरै फर्म, उद्योग र किसानहरूले पत्यक्ष फाइदा लिन सफल भएको उनको भनाइ थियो । किसान तथा फर्मले आफ्नो क्षमताअनुसारको लगानी गरी व्यवसाय फर्म सञ्चालन गर्न सकेमात्रै पलायन हुनुपर्ने अबस्था नआउने र सफल भइने उनले बताए ।
अनुदान लिने तर, काम पुरा नगर्ने प्रवृतीका कारण धेरै अनुदान खेर जाने अबस्था आउने भन्दै यस आयोजनामार्फत् काम गर्ने किसानलाइै मात्रै सहभागीता गराउने गरी आबश्यक अनुगमन र निरीक्षण भइरहेको उनले उनले बताए । यो आयोजना आगामी असार मसान्तमा सकिएपनि प्रदेश सरकारमार्फत् उपआयोजना निरन्तर सञ्चालन हुने डा. भुसालको भनाई थियो ।

यस आयोजनामार्फत् कृषि र पशुसँग सम्बन्धित परियोजना सञ्चालित रहेका छन् । किसानलाई आबश्यकताका आधारमा खनुदानमा उन्नत जातका बाख्रा, गाईभैसी खरिद, भकारो सुधार, नमुना खोर निर्माण, म्याट, बिभिन्न मेसिनरी सामान खरिद र तरकारी उत्पादन, दुध उत्पादन तथा बजारीकरणका काम भएका छन् ।

कार्यक्रममा आयोजना अन्तर्गत विभिन्न जिल्लाका अनुदानग्राहीहरूको सहभागतिा रहेको थियो । सोही अवसरमा बोल्दै कपिलस्तुका बाणगंगाका किसान शंकर पाण्डे, साना कृषि सहकारी संस्था देवदहका अध्यक्ष टिका न्यौपाने, लुम्बिनी दुग्ध उद्योगका सञ्चालक बिक्रम रिजाललगायतले बोल्दै आयोजनाको अनुदानले व्यवसायमा सफल हुन सफल भएको अनुभव सुनाए । धेरै किसानहरूले हचुवाको भरमा स्थानिय बजारको ख्याल नगरी अध्ययनबिना लगानी गर्दा नोक्सान बेहोरी पलायन भइरहेको अबस्थामा आयोजनाले धेरै सहयोग गरेको बताए ।
आयोजनाका पशु स्वाथ्य प्राविधिक ठाकुरप्रसाद खड्काले पशु खरिद तथा हेरचाह, खोर सुधार, दाना व्यवस्थापन, औषधिउपचारलगायतका विषयमा समूह सहकारी, फर्म र किसानलाई सजजीकरण गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?