ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

उकालो लाग्दै गरेको तापक्रममा विद्युत अनियमित हुँदा नेपालगञ्जमा संयन्त्र गठन

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

नेपालगञ्ज, १७ जेठ ।

विद्युत अनियमितताको समस्या समाधान गर्न नेपालगञ्जमा एक संयन्त्र गठन गरिएको छ । दिनहुँ उकालो लाग्दै गरेको तापक्रम, त्यसमाथि लो भोल्टेज र विना जानकारी लोडसेडिङको समस्या नेपागञ्जबासीले झेल्दै आएकाले संयन्त्र गठन गरिएको हो । नेपालगञ्ज उद्योग वाणिज्य संघले विहीबार आयोजना गरेको नेपालगञ्जको अनियमित विद्युतको समस्या र समाधान विषयक अन्तत्र्रिmयापछि संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा संयन्त्र गठन गरिएको संघका महासचिव भीमबहादुर रानाभाटले जानकारी दिए ।

संयन्त्रमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नागरिक समाज बाँकेका तर्फबाट कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम, प्रमुख राजनैतिक दलका प्रतिनीधि, नेपाल वार एशेसिएसनका प्रतिनीधि, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष एवं प्रतिनिधिलाई सदस्य राखिएको छ । सदस्य सचिवको जिम्मेवारी संघका महासचिव भिमबहादुर रानाभाटलाई दिइएको छ । अत्यधिक गर्मी बढिरहेको नेपालगञ्जमा विद्युत झ्याप्प झ्याप्प गईरहने र भोल्टेजको समस्या पनि रहेकाले समाधानमा संयन्त्रले सघाउ पु¥याउने महासचिव रानाभाटले बताए । अन्तत्र्रिmयामा लुम्विनी प्रदेशका कृषिमन्त्री भण्डारीलाल अहिर, निवर्तमान मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी नमुनाले प्रदेशबाट हुन सक्ने सबै सहयोग गर्न तयार रहेकोले तत्काल विद्युतको समस्या समाधान गर्न जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेपालगञ्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यलगायतले ४३ डिग्रीको तापक्रममा विद्युत अनियमित हुँदा नेपालगञ्जवासीले ठूलो समस्या भोग्नु परिरहेको बताउँदै काट्नै पर्ने भए मात्रै विद्युत काट्न र अन्य अवस्थामा विद्युत सुचारु गर्न आग्रह गरे ।

विद्युत कार्यालय नेपालगञ्जका प्रमुख जगन्नाथ लामिछानेले नेपालगञ्जमा विद्युत आपूर्ति कम तर विद्युत खपत प्रत्येक बर्ष बढ्दै गएकाले समस्या आएको बताए । टनकपुर हुँदै सुदुरपश्चिमबाट नेपालगञ्ज सम्म आई पुग्दा लो भेल्टेजका कारणले विद्युत अनियमित भइरहेको बताउँदै प्रमुख लामिछानेले तार छिन्ने र पड्किने क्रम पनि बढेको जानकारी दिए । उनले विद्युत अनियमित हुन नदिन आफूले सक्दो काम गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?