ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

२० वर्षपछि विवाह गर्ने जोडीलाई पालिकाको प्रोत्साहन

‘विवाहवारी–२० वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्नका लागि वडा कार्यालयले उक्त कार्यक्रम गरेको वडाध्यक्ष चन्दले बताए ।
१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

गुल्मी, १७ जेठ । गुल्मीमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अन्तर्गत अग्लुङ्मा उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।

शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० बर्ष उमेर पुरा गरी विवाह गर्ने नव जोडीलाई वडा कार्यालयले सम्मान गरेको हो । ‘विवाहवारी–२० वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ वालविवाह न्यूनीकरण गर्नका लागि वडा कार्यालयले उक्त कार्यक्रम गरेको वडाध्यक्ष चन्दले बताए ।

वडाले असल बुहारी तथा छोरीहरूलाई पनि सम्मान गरेको छ । बैदेशिक रोजगारीमा छोराहरू प्रदेश जाने तथा बुहारीहरू छोराछोरी पढाउने भन्दै सहर पस्ने चलन बढेको छ । बुहारीहरू शहर पसेसँगै गाउँमा बृद्ध बृद्धाहरू एक्लै हुन थालेका छन । सोही कारण बृद्ध बुबाआमाले दुख पाएको अबस्थामा सासुससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका केही बुहारी तथा छोरीहरूलाई पनि वडाले सम्मान गरेको हो ।

शैक्षिक उत्प्रेरणा कार्यक्रम मार्फत १० जना असल बुहारीलाई पनि सम्मान गरिएको छ । वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक संघसंस्थाहरूलाई सम्मान गरिएको छ । विभिन्न बिधामा रहेर वडामा योगदान गर्नेहरूलाई दोसल्ला सम्मानपत्र सहित सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई ३ हजार नगद सहित सम्मान गरिएको थियो ।

मदाने गाउँपालिकाको वडा नम्बर १ मा गत निर्वाचनबाट युवा सुशील चन्द वडाध्यक्षमा निर्वाचित भएपछि वडामा यस्तै प्रकारका नमुना काम हुँदै आएका छन् । शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरूमा थप उत्प्रेरणा जाग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?