Butwal Today

मालपोत कार्यालय कपिलवस्तुका नासु खनालविरुद्ध भ्रष्टाचार मुद्दा

१७ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

बुटवल ।

भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले  नायब सुब्बा खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको ठहर छ।

उनीविरुद्ध बिगो बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।