Butwal Today

गर्मी बढेपछि पठनपाठन प्रभावित

१७ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

लमही, १७ जेठ । देउखुरीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । देउखुरीको तापक्रम ४१ डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो ।
लमही–५ मा रहेको खिम बहादुर साह माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत दिनेस चौधरी मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । “गर्मीले पढ्नै सकिँदैन”, उनले भने– “दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेञ्च पनि तातेका हुन्छन् ।”

दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । लमही बालजन्ता माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ज्योति विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन् । “गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ”, उनले भनिन्,“पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।” कक्षाकोठामा विद्यार्थीको चाप अनुसार पखा समेत नहुदा थप असहज भएको आदर्श माध्यमिक विद्यालयका प्रधानध्यापक कुल चन्द्र पैडेलले बताए । उनी भन्छन विद्यार्थीहरूवाट मासिक रूपमा शुल्क नलिने भनिएको छ । अर्कोतिर पालिकावाट विद्यालय आउने बजेटमा मसलन्द खर्च न्यून हुन्छ । त्यसकारण विद्यार्थीको क्षेमता अनुसार पखा जडान गर्न नसकेको बताए । विद्यालयमा हजारौं विद्युत र खाने पानीको शुल्क आउँछ तर बजेटमा छैन समस्यामा छौ उनले भने ।

केही विद्यालय सुबिधा युक्त भए पनि केही विद्यालय टिनको छनोमुनी रहेका छन । जसका कारण गर्मी बढेसगै प्रभावित बनेका छन । बालतारा आधारभुत विद्यालय कक्षा ५ मा अध्यननरत सीता सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताए । “टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ”, उनले भने, “अधिकांश साथीहरू बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरू गर्मीमा विद्यालय नियमित आउँदैनन् ।”

आदर्श माध्यमिक विद्यालय देउपुर कक्षा ९ मा पढ्दै आएकी बिनिता खनाल भन्छिन मेरो कक्षामा ७० विद्यार्थी अध्ययनरत छन् । “एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ”, उनले भनिन । शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको खनाल बताउछिन । कक्षा ८ का विद्यार्थी अन्जु चौधरीको कक्षामा ४० जना विद्यार्थी छन् । एउटै बेञ्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ,’ उनी भन्छिन । गर्मी सहन नसकेर केही साथीहरू नियमित विद्यालय आउँदैनन् ।”

लमही नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउँछ । केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ ।प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन् ।
अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन् । देउखुरीको राजपुर गाउँपालिकाले गर्मी बढेको भन्दै पालिकाबरका सबै बिधालय बिहिवारदेखि ३ दिनका लागि बन्द गरिएको पालिकाका उपाध्यक्ष धनपती यादबले बताइन् । ४ वटा पालिका रहेको देउखुरीमा अन्यपालिका पनि बिधालय केही दिनका लागि बन्द गर्ने मनस्थितिमा पुगेको लमही लमही नगरपालिकाका मेयर जोगराज चौधरीले बताए ।

केही दिनदेखि बढेको गर्मिले विद्यार्थी लगायत सबैको जनजीवन प्रभावित बनेको छ । गर्मीसँगै चलेको तातो हावाका कारण यहाँको चहलपहल निक्कै घटेको छ । अति आवश्यक बाहेक अन्य कामकाज समेत प्रभावित बनेको छ । मौषम बिदका अनुसार केही दिन गर्मी अझै बढ्न सक्ने बताएका छन । गर्मीका कारण मानिसहरू बिरामी पर्न थालेका छन् ।