Butwal Today

सन्दिपलाई अमेरिकी दुतावासले दिएन भिसा

१७ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

काठमाडौं,१७ जेठ ।   अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ ।
टी २० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।