ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

बजेटमा लुम्बिनी प्रदेशः संघीय सरकारको कुन जिल्लामा कति योजना ?

१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

बुटवल, १६ जेठ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक बर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । संयुक्त संघीय सदनमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका अधिकांस पुराना योजनाले निरन्तरता पाउने उल्लेख छ । थप नयाँ योजनामा भने यो बर्ष पनि संघीय सरकार चुकेको छ । प्रदेशमा बर्षौंदेखि थाति रहेका योजनालाई बजेटले प्रत्येक बर्ष नै समेटेको भएपनि कार्यान्वयन प्रायः शुन्य छ । बुटवलको मेडिकल कलेजको विषय यो बर्षको बजेट भाषणमा पनि उल्लेख छ ।

धनगढीमा अवस्थित शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइँदै गर्दा बुटवल, पोखरा, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापना गरिने सरकारको बजेट भाषणमा उल्लेख छ । तिलोत्तमामा वि.सं. २०७५ चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन भएको थियो । ५ बर्ष बित्दा समेत यो मेडिकल कलेजको कुनै पनि काम ठोस रूपमा अगाडि बढ्न सकेको छैन ।

रूपन्देही जिल्लामा न्यू बुटवल–गोरखपुर ४०० सय के.भी. अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिनेछ योजना बनाइएको छ । यस्तै न्यू बुटवल–लमही ४ सय के.भी. प्रशारण लाइनको निर्माण कार्य शुरू गरिनेछ । बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधार सहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइनेछ । यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलव्ध गराइनेछ ।

आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–(मुग्लिङ्ग)भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको छु । यस परियोजना अन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिनेछ । त्रिभुज परियोजना अन्तर्गत नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्रको रूपमा विकास गरिने छ । बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिनेछ– रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य शुरू गरिनेछ, कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय अन्तर जलाधार जलपथान्तरण आयोजनाको सम्भाव्यता अध्ययन गरी क्रमशः कार्यान्वयनमा लगिनेछ
भैरहवाको एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न गरिनेछ । नारायणगढ–बुटवल सडक खण्ड र बुटवल–गोरुसिंगे सडक खण्ड स्तरोन्नति कार्य शुरू गरिने उल्लेख छ ।

प्यूठान जिल्लामा नीजी क्षेत्रको सहकार्यमा नेपाल भारत सीमा नाकाबाट, स्वर्गद्वारी दर्शन यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहजरूपमा प्रमुख धार्मिक स्थलको दर्शन गराउने योजना समेटिएको छ । कपिलवस्तु, रूपन्देही, नवलपरासी बुद्धपरिपथ निर्माण पुरा गर्ने योजना यो बर्ष समेटिएको छ । बुद्धजन्मस्थल लुम्बिनीलाई बर्थिङ्ग हवको रूपमा विकास गरिने कुरा यो बर्षको बजेटमा उल्लेख गरिएको छ । बाँकेको डुडुवा र नरैननापुर लगायतका सिक्टा सिंचाईको शाखा नहर निर्माणको लागि १ अर्व ६० करोड बजेट विनियोजन गरिएको छ ।
रोल्पाको बडा चौर, दाङको टरीगाउुँ, नेपालगञ्ज विमानस्थल स्तरउन्नीको लागि ३ अर्ब बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्योगको हवको रूपमा विकास गरिने उल्लेख छ । बुटवल भैरहवा त्रिभुज कोणमा धार्मिक पर्यटन विकास गरिने छ । बाँकेको नौवास्ता, बुटवलको मोतिपुर औद्योगिक क्षेत्र निर्माण सुरु गरिने उल्लेख छ । बबई सिंचाई आयोजनाको शाखा विस्तार गर्ने कुरा उल्लेख छ । अर्घाखाँचीको नौमुरे बहुउदेश्य योजना, कालिगण्डकी तिनाउ बहुउदेश्य योजनाको संभाव्यता अध्यायन काम गरी क्रमस कार्यान्वयनमा लैजाने कुरा समेटिएका छन् । प्रदेशमा कृष्णसेन ईच्छुक सञ्चारग्राम स्थापना गर्ने कुरा पनि बजेटमा उल्लेख छ ।
दाङमा रहेको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा एमविविएस सञ्चालनको लागि बजेट विनियोजन गरिएको छ ।

कोहलपुर बबई र नेपालगञ्ज लगायतका स्थानमा थोक वितरण प्राणलीबाट पानि आपुर्ती गर्ने संभाव्यता अध्यान गर्ने उल्लेख छ । यस्तै गुल्मीको कंके देउरालीमा जयाशयुक्त खानेपानी आयोजनाको निर्माण काम अगाडि बढाईने उल्लेख छ । प्रदेशमा सुबिधा सम्पन्न वृद्धाआश्रम निर्माणको लागि बजेट विनियोजन गरिएको छ । सडक पूर्वाधार अन्तर्गत बुटवल गोरुसिंगे, भालुवाङ्ग–लमही सडक स्तरउन्नती कार्य गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग बिस्तारको लागि २९ अर्व ८८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको हो ।

सहिद मार्ग अन्र्तगत रोल्पाको होलेरी–दारबोट खण्डमा २० किलोमिटर सडक कालेत्रो गरिने छ भने दरबोट–घर्ती गाउँ, दुईखोली खण्डमा २० किलोमिटर सडक, ग्राभेल गरिने भएको छ । घोराही–होलेरी खण्डमा सडक कालेपत्रो गरिने उल्लेख छ । यी योजनाको लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै अर्घाखाँचकिो सन्धीखर्क–ढोरपाटक सडक स्तरोन्नतीको लागि ३ अर्ब ८६ करोड विनियोजन गरिएको छ ।
तिनाउ नदी र नारायणी नदिमा सिग्नेचर पुल निर्माणको लागि २ अर्ब ४६ करोड रकम विनियोजन गरिएको छ । पाल्पाको सिद्धबाबामा निर्माणधिन सिद्धबाबासुरुङ्गमार्गको खन्ने कार्य सम्पन्न गरिने र राजमार्ग स्तरउन्नती गरिने भएको छ । लुम्बिनी र लुम्बिनी करिडोरमा रहेका नरपालिकाको पुर्वाधार विकासमा बजेट विनियोजन गरिएको छ ।

बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु. तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु. १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट रु.५२ अर्ब ३३ करोड व्यहोरिने छ र बाँकी वैदेशिक ऋणबाट रु.दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट रु. तीन खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?