Butwal Today

गोर्खा मिडिया नेटवर्क र २९ सहकारीको नाम उल्लेख गरी टिओआरमा जुट्यो सहमति

१५ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

बुटवल, १५ जेठ ।  अन्ततः सहकारीको रकम अपचलनमा छानबिन गर्ने संसदीय समितिको टीओआर कार्यादेशमा सहमति जुटेको छ। मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टीओआर तयार पारेको हो।
यो सँगै कांग्रसले अवरोध गर्दै आएको संसद् बैठक पनि खुल्ने भएको छ।
टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ।