Butwal Today

आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

१५ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए।

‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए। अर्थमन्त्री पुनले अहिले बजेट पढेर सुनाइरहेका छन्।