ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गणतन्त्र दिवसः निरासा चिरौं, आशा जगाऔं

१५ जेष्ठ २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार

नेपालमा गणतन्त्र सामान्य प्रयासले मात्रै प्राप्त भएको व्यवस्था होइन । सयौं नेपाली नागरिकको बलिदान, त्याग, संघर्ष र धेरै वर्षको मेहनतबाट प्राप्त भएको व्यवस्था हो । गणतन्त्र नेपालीको रगत पसिनाको बलीदानी व्यवस्था हो । गणतन्त्र प्राप्त गर्नकै लागि आँशु, रगत, पसिना र त्यागको बलिदानी भएको छ । बिडम्वना गणतन्त्र प्राप्तिको १७ बर्ष हुँदा पनि नेपाली जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । गणतन्त्र ख्याल ख्यालको विषय नभएर जीवन बलिदानीबाट प्राप्त राजनीतिक प्रणाली हो । यो १७ वर्षको अभ्यासका क्रममा गणतन्त्रलाई नेताहरूको कठपुतली बनाउने प्रयास अहिलेपनि जारी छ । यो चिन्ताको बिषय हो । गणतन्त्रसँगै अभ्यास गरिएको संघीयता, समावेशी, समानुपातिक प्रणालीको मर्म र उद्देश्यमाथि प्रश्न उठेको छ । कुनैपनि समुदाय र तिनको प्रतिनिधित्व अनुहारमा मात्रै होइन व्यवहार, मुद्दा र विषयमा हुनुपर्ने हो तर गणतन्त्रमा अनुहार देखाएर विषय र मुद्दालाई ओझेलमा राखिएका कारण गणतन्त्रलाई बदनाम गराउने काम भएको छ । निश्चितरूपमा जुनसुकै व्यवस्थामा पनि कमजोरी हुन्छन् । तर, कमजोरी एकपटक हुन्छ । लगातार कमजोरी गरिरहने र जनताले सहीरहनु पर्ने कस्तो व्यवस्था हो ? नेपाली जनताको अपूर्व बलिदान र त्यागले प्राप्त गणतन्त्र संस्थागत गर्न नसकेकै कारण अहिले पूर्वराजा पनि सलबलाउन थालेका छन । प्रतिगामी तत्वहरूले धमिलो पानीमा माछा मार्ने कुचेष्टा गरिरहेका छन । १७ औं गणतन्त्र दिवस मनाईरहँदा देशलाई हाँक्ने असली नेताको आवश्यकता महसुस भएको छ । गणतन्त्रलाई असफल बनाउने प्रयास भैरहेको छ तर यो व्यवस्थाको असफलता होइन । गणतन्त्रको विकल्प सुन्दर गणतन्त्र हो । उन्नत र सुसंस्कृत गणतन्त्र हो । पार्टीहरूको विकल्प अन्य पार्टी बन्न सक्छन् । नेताहरूको विकल्प दोस्रो र तेस्रो पुस्ताका नेता हुन्छन् तर गणतन्त्रको विकल्प अहिले सोच्ने बेला भएको छैन । तरपनि जनताले प्रश्न गर्दैछन– के यही बदनामी सुन्न र हेर्न जनताले रगत बगाएका हुन ? निश्चितरूपमा नेताहरूले अव गंभीर भएर सोच्नु जरुरी छ । गणतन्त्र दिवस मनाईरहँदा फेरीपनि समीक्षा गर्ने बेला आएको छ । आखिर कमजोरी कहाँ भएको छ ? कसको कारण व्यवस्थामाथि नै धब्बा लगाउने काम भैरहेको छ ? सोच्ने बेला आएको छ ।

औपचारिकताकै लागि भएपनि १७ औं गणतन्त्र दिवस मंगलवार विभिन्न कार्यक्रम गरी देशैभरी मनाईदैछ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्री तथा प्रमुख विपक्षी दलका नेताहरूले शुभकामना दिने नियमित औपचारिकता यो बर्ष पनि पूरा भएको छ । तर, जनताले आशातीत भन्दा निरासाजनक समाचार सुनेर गणतन्त्र दिवसको दिनलाई स्वागत गर्नुपर्ने बाध्यता छ । भ्रष्टाचार गरेर मुलुक बदनाम गराउने काम नेताहरूबाटै भैरहेको कुरा विगतदेखि अहिलेसम्मको भ्रष्टाचारसंग जोडिएका विभिन्न घटनाक्रम साक्षी नै छन् । त्यसमाथि अहिले बेरुजु बढेको छ । गंभीर चिन्ताको कुरा के छ भने तीन बर्षको अवधीमा बेरुजु तीन गुनाले बढेको छ । जनतामा चारैतिर निरासा छाएको छ । गणतन्त्र दिवस मनाईरहँदा अव ब्याप्त निरासा चिर्नेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । विगत तीन दशकभन्दा बढी समयदेखि देशको नेतृत्वमा आलोपालो गर्दै आएका नेताहरूले आत्मसमिक्षा गर्ने समय आएको छ । गणतन्त्रको बिकल्प सुन्दर र समुन्नत गणतन्त्र नै हो । तसर्थ अव राजनीतिक दलका नेताहरू एक ठाउँमा उभिएर विगतको कमजोरीको समीक्षा गर्दै मुलुकलाई नयाँ सोच र संकल्पका साथ अघि बढाउने प्रतिवद्धता गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?