ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

ट्राफिक सचेतना तथा हेपाटाईटिस ‘बि’ परिक्षण

१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार

बुटवल, १४ जेठ । रुपन्देहीमा बढ्दो सडक दुर्घटना न्युनिकरणसंगै समुदायमा हेपाटाईटिस ‘बि’ बारे सचेतना जगाउने उदेश्यका साथ एक दिने अभिमुखिकरण तथा स्वास्थ्य शिविर सम्पनन भएको छ । सामाजिक क्षेत्रमा अग्रसर रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलको आयोजनामा नेशनल मल्टीस्पेसिलीटी क्लिनिक, ग्रिन सिटी भेहिकल तथा जिल्ला ट्राफिक कार्यालय बुटवलको सहयोगमा वृहत ट्राफिक सचेतना तथा हेपाटाईटिस ‘बि’ परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर थापाले उद्घाटन गर्दै सवारी दुर्घटना न्युनिकरण सबै नागरिको जिम्मेवारी भएको बताए । सेवामुलक क्षेत्रलाई रहेका नागरिक वर्गलाई सहभागी बनाएर उत्कृष्ट काम गर्न सफल भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेलले समुदायमा सचेतना जगाउने काममा स्थानिय सरकार सधै हातोमालो गर्न तयार रहेको बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेको सडक दुर्घटना, यसका कारण र समाधानका उपायबारे प्रशिक्षण दिदै सामान्य कुराहरुमा ध्यान दिन सके ठुलो क्षतिबाट बच्न सकिने बताईन ।

क्लव अध्यक्ष ज्ञान प्रसाद बस्यालले सामाजिक उत्तरदायित्वमा युवाहरुको भुमिका महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण र मानव स्वास्थ्यको विषयमा संस्थागत रुपमा आफुहरुले अभियान चलाउदै आएको बताए । समुदायमा स्वास्थ्य परिक्षण, महिला चालक सम्मानसहित सडक दुर्घटना न्युनिकरणका अभियान आजको आवश्यकता महसुस गरि कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा १५० जना बढिको हेपाटाइटिस बि को जाँच गरिएकोमा एक जनामा पोजिटिभ देखिएको कार्यक्रम संयोजक अर्जुन भण्डारीले बताए । कार्यक्रममा महिला ई—रिक्सा चालकहरुलाई सम्मान समेत गरिएको क्लवका सचिव चन्द्र के.सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?