ट्रेंडिंग:

>> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो

कार्यस्थलमा आक्रमण त्रासदीबाट चिकित्सक बाहिरिंदै

१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार
बुटवल, १४ जेठ ।
देशका ६० बढी अस्पतालहरुमा १ सय बढी पटक आक्रमण, तोडफोड र एक सय बढी चिकित्सकहरु घाईते भएको नेपाल चिकित्सक संघको तथ्यांक बोल्छ । अर्कोतर्फ वर्षेनी काउन्सिलमा २५ सय चिकित्सकहरु लाईसेन्सको परीक्षा दिने र ३ हजार चिकित्सकहरु बिदेशिरहेको तथ्यांक देखिन्छ ।
उपचार लापरवाहीको आरोपमा देशभर विभिन्न अस्पतालमा चिकित्सक आफनो कार्य क्षेत्रमा सुरक्षित महसुस नगर्दा उनिहरु विदेशीने संख्या बढेको छ । यतिमात्र होईन दक्ष चिकित्सक बाहिरिने प्रवृत्तिले स्वदेशमा अभाव खड्किने सम्भावनालाई बढाएको छ ।
नेपाल चिकित्सक संघले यही समस्यालाई मध्येनजर गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ र (पहिलो संशोधन) २०७९ प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम
लिएर देश दौडाहा शुरु गरेको छ ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले नेपालमा वर्षेनी सयौ चिकित्सकमाथि हातपातको घटनाबाट उनिहरु काम गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरे । अर्कोतर्फ समुदायमा चिकित्सकप्रतिको धारणालाई समेत चिर्न जरुरी ठानेर कार्यक्रम लिएर हिडेको उनले बताए ।
हामी सरोकारवाला पक्षलाई राखेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन बुझाउन थालेको उनले बताए । कुनै घटना भएमा पीडित पक्षभन्दा पेशेवर समूह सक्रिय हुने गरेको अध्ययनबाट देखिएको उनीहरुको दाबी छ । बिरामी पक्ष आर्थिक रुपमा कमजोर हुनु, नेपाल मेडिकल काउन्सिलको बारेमा ज्ञान नहुनु पनि अर्को कारण भएको उनले बताए । चिकित्सकको लापरवाही भए लाईसेन्स नै खोसिन सक्ने अवस्था रहेको आम नागरिकलाई जानकारी नहुनु र काउन्सिलको काम, कतब्र्य पुरा गर्नुपर्ने उनी बताउँछन् ।
चिकित्सक र स्वास्थ्य संस्थाले उपचार खर्चलाई पारदर्शी बनाउन जरुरी रहेको उनले बताए । चिकित्सकले बिरामीलाई समय दिदैन र रोग र उपचार प्रक्रियाबारे कुरा गर्दैन भन्ने गुनासो रहेको छ । देशकै राजधानीमा धेरै घटना भएकोमा पिडित पक्ष र पेशेवार समुह संलग्न रहेको सुरक्षा निकायको प्रतिवेदनमा देखिएको उनले बताए । घटना घटाउने पक्षलाई राजनीतिक संरक्षण देखिने गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्षेत्रमा चिकित्सकमाथि हुने आक्रमणलाई रोक्ने गरी स्थानीय सरकारबाट समेत सरोकारवाला निकायरुलाई समेटेर नीतिगत रुपमा अघि बढ्ने बताए । चिकित्सकको सुरक्षाको विषयमा आफुहरु गम्भीर रहेको उनले बताए ।
कार्यक्रममा डा. सन्तोष पोखरेलले स्वास्थ्य क्षेत्रमा हुने घटनालाई हेर्ने दृष्टिकोण परिवर्तन नभए चिकित्सकले काम गर्न नसक्ने बताए । बुटवलको अस्पतालमा भएको घटनाको उदाहरण दिदै उनले प्रहरी, स्थानीय सरकार कानुनी प्रक्रिया भन्दा पनि मिलाउनेमा जोड दिने गरेको दुखेसो गरे । चिकित्सक कुटिएको अवस्थामा आफुहरु कानुनी उपचार खोज्दा समेत प्रहरी, स्थानिय सकारबाट रकम दिएरै घटना मिलाएको उनले बताए ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले उपचारमा लापरवाहीको आरोपमा देशभर विभिन्न अस्पताल र चिकित्सकमाथि आक्रमण भएको उदाहरण दिदै यसबाट उनीहरुमा शारीरिक भन्दा पनि मानसिक पीडा हुने गरेको बताए । राजनीतिक दलमा झुकाव हुने हुँदा पनि यसको समाधानमा सबै सरोकारवाला एकठाउँ हुनुपर्ने उनको सुझाव छ । चिकित्सा क्षेत्रमा बढ्दो विकृति र चिकित्सकमाथि हुने गरेको आक्रमण गलत हो भन्ने कुरा जानकारी दिने र यसको कानुनी उपचार र कार्यान्वयन अघि बढाउने गरी संघबाट देशभर २१ स्थानमा सचेतनामुलक कार्यक्रम जारी रहेको उनले बताए । लुम्बिनीमा बुटवलसहित नेपालगञ्ज, दाङमा कार्यक्रम हुने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानिया, नेपाल औषधि ब्यवसायी महासंघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, अफिन लुम्बिनीका अध्यक्ष राम प्रसाद खरेल, एनएमए लुम्बिनीका निवर्तमान अध्यक्ष डा. ईन्द्र ढकाल, एनएमएका केन्द्रीय महासचिव डा संजिव तिवारीले चिकित्सकहरु अब बिरामीलाई कसरी उपचार गर्ने भन्दा पनि आफु कसरी बच्ने भन्ने चिन्तामा रहेको भन्दै यसको निकास खोज्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?