Butwal Today

कांग्रेस सिद्धार्थनगरको बैठक: संगठनलाई विस्तार तथा मजबुत बनाउने

१४ जेष्ठ २०८१, सोमबार
अ+
अ-

बुटवल(बुटवल टुडे) जेठ–

नेपाली कांग्रेस सिद्धार्थनगर नगरसमितिको नियमित बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्का , नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्ग लगायतको सहभागीतामा बैठक भएको हो ।

नेता गुरुङ्गले अहिले रुपन्देहीको अधिकान्स वडाहरुमा नेपाली कांग्रेसको भातृसंघ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गठन प्रक्रिया अघि बढेकोले आदिवासी जनजातीहरुको हक, हित, अधिकार, नेतृत्व स्थापित गर्नुका साथै पार्टी संगठनलाई विस्तार तथा मजबुत बनाउने दिशामा अघि बढेको धारणा राखे । विभिन्न एजेण्डाहरुमा छलफल भएको उक्त बैठकमा आदिवासी जनजाती महासंघको आगामी दिनमा हुन गइरहेको प्रदेश तथा केन्द्रिय महाधिवेशनका लागि सिद्धार्थनगरको प्रतिनिधित्व हुन गरि केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा दिपेन्द्रमान श्रेष्ठ, जितमान गुरुङ्ग तथा रुपमाया पुनलाई सिफारिश गर्ने निर्णय भएको नगर सभापति कोशिस बहादुर खड्काले बताए ।

छलफलमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा वडा नं.१३ को वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, प्रदेश ३ ‘क’ को सभापति सुरेन्द्रजंग थापा, महाधिवेशन प्रतिनिधि दिपेन्द्र बुढाप्रिति, प्रदेश ३ ‘क’ का प्रदेश सदस्य दिपेन्द्रमान श्रेष्ठ, वडा नं.५ को वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने र किरण घिमिरे, सि.न.पा. वडा नं. १ का सभापति मोहनसिंह शाही, वडा नं. ३ का सभापति निल बहादुर थापा, वडा नं. ५ का सभापति केशव गुप्ता, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ७ का सभापति भविलाल पौडेल, लगायतयले बोेका थिए ।

वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, नगरसचिव अनिल कुमार के.सी लगायतले आ आफ्नो भनाई राखेका थिए ।