ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

जनताका समस्या सुन्न वडातहमा सार्वजनिक सुनुवाई

१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार

गुल्मी, १४ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष अन्तक्र्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोश्रो चौमासिक अबधिको प्रगति समीक्षासँगै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले पालिकाले दोश्रो चौमासिक अबधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च बिबरणको बारेमा सेवाग्राहीलाई जानकारी गराएका थिए । पन्थीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार गाउँपालिकामा ६० घरपरिवारका २ सय १३ जना मानिसहरू बसाइँसराइँ गरी गएको देखिएको छ ।

कार्यक्रममा सोही विषयलाई लिएर त्यहाँका स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले पनि गाउँपालिकाका जनप्रतिनिधिहरूलाई बसाइँसराइँ न्यूनीकरण गर्नु पर्नेमा जोड दिँदै पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने प्रचलन समाजमा सामाजिक विकृतिका रूपमा बढ्दै गएको भन्दै यसतर्फ गम्भिर बन्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सूर्य कुँवर मगर, राम बहादुर पुन, अमर बहादुर राकस्कोटी, सुर्य बहादुर सिंजाली, कृष्ण गौतम, टेकबहादुर खत्री, लेखेन्द्र पुन,अमर रास्कोटी, थम्मन बस्नेत, पार्वती बलाल लगायतका व्यक्तिहरूले बसाइँसराइँ, स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि तथा स्वास्थ्य बीमाका, शिक्षक दरबन्दी मिलान, योजना सम्झौता एवं भुक्तानी प्रक्रिया, व्यवसायिक कर, कृषि, पशु, सडक, वडातहमा सूचनाको पहुँच, बन्यजन्तुले पु¥याको क्षति लगायतका विषयमा जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरूको जिज्ञासाहरू मेटाउँदै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सबल, सक्षम, संमृद्ध पालिका निर्माणका लागि गाउँपालिकाका सबै क्षेत्रबाट आफूलाई सकारात्मक सहयोग प्राप्त भइरहेको बताए । उनले अहिलेको वर्तमान जनप्रतिनिधि र कर्मचारीको टिम सकारात्मक सोंचका साथ समृद्धि पालिका बनाउने उद्देश्यका साथ लागि परेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले गाउँपालिकाले अनुगमनको कार्यलाई चुस्त बनाएको र न्यायिक समितिमा पर्ने उजुरीहरूलाई समयमै फछ्र्याेट गर्ने गरिएको बताइन । उनले घरेलु हिंसा लगायतका घटनाहरू भए पालिकाको न्यायिक समितिमा जानकारी गराउन पनि आग्रह गरेकी थिइन ।

सोही कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले योजना सम्झौता लगायतका कार्यहरूलाई सहज र सरल बनाउन विभिन्न समयमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने गरिएको बताए । साथै उनले यस चालु आर्थिक वर्षमा हालसम्म २ सय ४३ योजना सम्झौता गरिएकोमा १ सय ६५ वटा योजनाहरू सम्पन्न भएको जानकारी गराए । सार्वजनिक सुनुवाई कार्यक्रममा आधा दर्जन भन्दा बढी स्थानीयबासीले तीन दर्जन भन्दा धेरै समस्या र गुनासाहरू राखेका थिए । पालिकाले वडातहमा पुगेर यसरी नागरिकका गुनासा सुनिदिएको भन्दै स्थानीयहरू खुसी बनेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?