ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कृषि अनुदानको पुनरावलोकन होस्

१३ जेष्ठ २०८१, आइतबार
१३ जेष्ठ २०८१, आइतबार

नेपाल सरकारले यही जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दैछ । बजेटमा आर्थिक सम्मृद्धिका धेरै कुरा समावेश गरिएको दावी सरकारका तर्फबाट प्रधानमन्त्रीले गर्दै आउनु भएको छ । त्यसैक्रममा सरकारले कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिएको उल्लेख गरेको छ । कृषि क्षेत्रमा प्राथमिकता मात्रै होइन, कृषकमुखी बजेट ल्याउनेतर्फ पनि पहल गर्नु जरुरी छ । अहिले किसानका नाममा आएको अनुदानमा ब्यापक दुरूपयोग भैरहेको छ । यो जगजाहेर कुरा हो । कृषि क्षेत्रको अनुदानमा ब्यापक दुरूपयोग भैरहेको पाईएपछि कृषिमा दिईदै आएको अनुदानको पुनरावलोकन हुनुपर्ने माग उठेको छ । कृषिमा सरकारले बर्षेनी करोडौं अनुदान उपलब्ध गराउँदै आएको छ तर वास्तविक कृषकले भन्दा पनि गैर कृषकले अनुदानमा रजाई गरेको अनुसन्धानबाट खुलेको छ । सरकारले कृषिलक्षित यस्ता अनुदानका कार्यक्रम स्थानीय किसानका माझमा पु¥याउनु र उनीहरूलाई आवश्यक परेको बजेट तथा सेवासुविधा उपलब्ध गराउनु प्रशंसनीय कार्य हो । तर, अनुदानमै दुरूपयोग हुनु गंभीर बिषय हो । कृषिप्रधान देश भएकाले कृषि उत्पादन र प्रवद्र्धन कार्यहरूमा सरकारको आवश्यक ध्यान जानु, नीति तथा कार्यक्रम निर्माण गरिनु र तिनको कार्यान्वयनका लागि जोड दिनु प्राथमिक तथा आधारभूत कार्य हो । जीविकोपार्जनमुखी जीवनपद्धति कायम रहेको नेपाली जनजीवनमा थोरै पनि सेवासुविधा र अनुदान सहयोगले निकै ठूलो प्रेरणा र हौसला प्रदान गर्छ । प्लटिङ गरेर बृहत् उत्पादन गर्ने प्रक्रिया सुरु नभइसकेकाले अहिले पनि नेपालमा जमिन खण्डीकृत रहेको छ र टुक्रे उत्पादन अद्यावधि कायमै छ । यस्तो अवस्थामा हरेक घरमा किसान र हरेक घरले खेतीकिसानी गरिरहेका हुन्छन् । यस्तो वैयक्तिक खेतीको काम हिमालदेखि पहेंलपुर धान झुल्ने अन्नभण्डार तराईसम्म किसानहरूले नै सम्हालिरहेका छन् । यिनैमा कनिका छरेझैं अनुदान सहयोगका कार्यक्रम लिएर सरकारले बर्सेनि खर्बौं लगानी गरेको देखाइरहेको छ । तर, यसमा भैरहेको ठूलो विभेद र दुरूपयोगले समस्या निम्त्याउँदै आएको छ । तसर्थ कृषि अनुदान ठिक छ तर त्यसमा अव गैर कृषकहरूले कुनैपनि अवस्थामा अनुदान नपाउने ग्यारेन्टी गरिनुपर्दछ । कृषकका लागि आएको अनुदान वास्तविक कृषकले मात्रै पाउनेतर्फ व्यवस्था होस् ।

नयाँ बजेटमार्फत सरकारले कृषिमा आबद्ध र कुनै न कुनै तरिकाले जोडिएका किसानको आर्थिक जीवनमा परिवर्तन ल्याउने गरि बजेट विनियोजन गर्ने हो भने बजेट कृषिमैत्री हुनैपर्दछ । सरकारले दिएको अनुदान कुनैपनि मानेमा दुरूपयोग नहोस् भन्नेतर्फपनि उत्तिकै हेक्का जरुरी छ । त्यसका लागि अनुदानको नयाँ परिभाषा वनाउन पनि सरकार तयार हुनैपर्दछ । कृषि अनुदानले किसानलाई सहयोग सदुपयोग हुने र जनताको आर्थिक जीवनमा सुधार आउने अवस्था हुन्छ । सरकारले दिएको अनुदान सहयोग वास्तविक किसानकहाँ गएकै छैन । यो रकम त किसानका नाममा गैरकिसान र पार्टी कार्यकर्ताले दुरूपयोग गरिरहेका छन् । यसैले पनि सरकारले राखेको लक्ष्य प्राप्त गर्न कठिन र असम्भव हुँदै गएको छ । तसर्थ अव कृषि अनुदानमा पुनरावलोकन हुनु जरुरी छ । सरकारले कृषि अनुदान वास्तविक किसानले मात्रै पाउने व्यवस्था गरोस् । अनुदानका नाममा वितरणमुखी र दुरूपयोग हुने भयो भने फेरीपनि मुलुकको विकासको गति जाम हुनेछ । तसर्थ नयाँ बजेटमा कृषि अनुदानको व्यवस्थालाई यथावत राख्दै वास्तविक किसानले मात्रै अनुदान पाउने अवस्था सिर्जना गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?