Butwal Today

सरकारको रवैया निरंकुशताउन्मुख : गगन

१३ जेष्ठ २०८१, आइतबार
अ+
अ-

काठमाडौं,१३ जेठ । कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको टिप्पणी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले सरकारले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताएका हुन्।
उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा रहेको दाबी गरे।
प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने थापाको भनाइ थियो।
उनले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको र सहकारी ठगी प्रकरणमा कांग्रेसको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको बताए।
प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्छ भन्दै थापाले मिडियामाथि सत्ताले कन्ट्रोल गर्न नहुने बताए । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ भन्दै थापाले अहिले सहकारी पीडितहरुले पनि सरकारसंग प्रश्न गर्ने बेला आएको बताए ।