Butwal Today

एमाले पाल्पाको नेतृत्व सर्वसम्मत

१३ जेष्ठ २०८१, आइतबार
अ+
अ-

बुटवल,१३ जेठ । नेकपा एमाले पाल्पाको १०औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका अनुसार अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल, उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसी सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट पाल्पामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।