ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’

१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

सुर्खेत, १२ जेठ ।

वीरेन्द्रनगर नगरपालिकामा ‘मेयरसँग महिला किसान’ कार्यक्रममा सञ्चालन भएको छ । महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्यअनुरुप कार्यक्रम ल्याइएको हो । कार्यक्रम अन्तर्गत कृषक महिलालाई कृषिऔजार वितरणका साथै उनीहरुलाई प्रविधिसँग पनि जोडिएको नगरपालिकाका मेयर मोहनमाया ढकालले बताइन् ।

विशेषगरी यो कार्यक्रमकृषक महिलालाई लक्षित गरेर ल्याइएको ढकालले बताइन् । ‘यसअघि नै अटो सञ्चालन, महिला स्वरोजगार लगायतकाकार्यक्रमहरू सञ्चालन गरेका थियौ’ मेयर ढकालले भनिन्, ‘अहिलेको प्रविधिसँगकिसानमहिलालाई जोडेर अगाडि बढ्न सजिलो होस् भन्नेहाम्रो उद्देश्य हो । ’यस कार्यक्रम अन्तर्गत सहकारी तथा महिला समूहलाई विशेष प्राथमिकतादिने उनले बताइन् । कार्यक्रमले रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा लिइएको उनको भनाई छ ।

महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उनले बताइन् । ‘विगतका कार्यक्रमहरु उद्यमी महिलालाई प्राथमिकता दिएका थियौं भने अहिले कृषक महिलालाई पनि जोडेर कार्यक्रम बनाएका छौ’, ढकाल भन्छिन्, ‘यसमा मल वीउ, मेसिन वितरणसँगै नयाँ प्रविधिलाई पनि जोड्छौ ।’ यसरी मेसिन वितरण गर्दा ५० प्रतिशत नगरपालिकाले अनुदान दिन्छ भने ५० प्रतिशत स्वयंमले नै जुटाउनुपर्ने हुन्छ ।

यसैबिच उक्त कार्यक्रम अन्तर्गत नगरभित्रका महिला किसानहरूलाई मेसिनरी औजार वितरण समेत गरिएको छ । विभिन्न ३९ जना महिलाहरूलाई ती औजारहरू वितरण गरिएको हो । नगरपालिकाका अनुसार २८ जना महिलालाई मिनिटिलर र ११ जनालाई पावर टिलर वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?