Butwal Today

कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द

११ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

दाङ, ११ जेठ ।

दाङको कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द गरिएको छ । भारतमा लोकसभा निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आज शुक्रबार एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले भोलि शनिबार राति १२ बजेसम्म सीमा नाका बन्द गरिएको हुँदा यो अवधिमा आवतजावत नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।

भारतको लोकसभा निर्वाचनलाई लक्षित गरी ७२ घण्टा नाका बन्द रहने कानूनी प्रावधान अनुसार सीमा नाका बन्द गरिएको छ ।