ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती

११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

नेपालगञ्ज, ११ जेठ ।

बाँकेको कोहलपुर नगरपालिका ७ सल्यानी टोलका ७० बर्षीय सिताराम थारुको दैनिकी अहिले बाँदर धपाउनमै बित्ने गरेको छ । उनी बिहान ६ बजेदेखि बेलुका ७ बजे सम्म घर छेउँमा करिब एक कठ्ठा जमिनमा रोपेको मकै बाँदरबाट जोगाउन पहरा दिँदै आएका छन् । बाँदर धपाउन सितारामकी ६८ बर्षीया श्रीमती गुलीया थारुले पनि साथ दिँदै आएकी छिन् । सिताराम भन्छन्, ‘एक्लै सम्भव छैन, एकछिन पानी खान र शौचालय जाँदा पनि बाँदरहरु मकै बारीमा छिरिसक्छन् ।’ थोरै संख्यामा आउँदा बाँदरलाई गुलेलीले धपाउने गरेको तर एकैचोटी धेरै संख्यामा आउँदा धपाउन मुस्किल हुनेगरेको सिताराम दम्पती बताउँछन् । सिताराम भन्छन् –‘बिहानदेखि बेलुका सम्म बाँदरसँग लुकामारी खेलेर दिन बित्छ, बेलुका ७ बजे अँध्यारो हुन थालेपछि बाँदरहरु बास बस्न जंगल भित्र जान्छन् अनि हामी घर जान्छौं ।’

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कम्दी जैविक मार्ग क्षेत्र आसपासका बासिन्दाहरु बाँदरका कारण मकै बाली र बगैचाको फलफूल जोगाउन निकै समस्या भईरहेको बताउँछन् । भाँचेर घरमा राखेको मकै समेत आँखा छलेर बाँदरले लैजाने गरेको सल्यानी टोलकै विनिता कुमारी वि.कले बताईन् । ‘खेतबारीमा पहरा दिएर जोगाएको अन्नबाली घरमा पनि सुरक्षित नभएपछि हामीले के खाएर बाँच्ने हो ?,बाँदरको आतंकबारे गुनासो गर्दै उनले भनिन् – ‘बोटमा पाक्न लागेको मेवा र केरा पनि बाँदरका कारण कसैले चोखो खान पाउँदैनौं ।’

विकल्पमा बेसार खेती

बाँदर र बँदेलले बाली नाली नोक्सान गर्न थालेपछि कम्दि जैविक मार्ग क्षेत्रका केही किसानहरुले वैकल्पिक खेतीका रुपमा बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर–७ सल्यानी टोलका १८ जना महिलाले मकै रोप्ने खेतबारीमा बेसार खेती गरेर आफै बेसार उत्पादन गरिरहेका छन् । आस्था सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुले बेसार खेतीसँगै उत्पादन सुरु गरेको उपभोक्ता समूहका सदस्य पूर्णकला गिरीले बताईन् । खेतबारीमा रोपेको अन्न बाली बाँदर र अन्य वन्यजन्तुका कारण घरमा भित्र्याउन नपाएपछि त्यसको बिकल्पमा बेसार खेती सुरु गरेको उनले बताईन् । गिरीले भनिन् ‘अन्नबालीको उत्पादन लिन नसकेका म जस्ता किसानहरुले बेसार खेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका छौं ।’

तालबाट किसानलाई बेसार पिस्ने मिल अनुदान

बेसार खेती सुरु गरेपछि सामुदायिक वनमा आवद्ध उपभोक्ताहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू–परिधि कार्यक्रम (ताल) ले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिम दिएपछि अझ राहत मिलेको समूहका अर्का सदस्य गिता सार्कीले बताईन् । किसानहरुले आफ्नै खेतबारीमा उत्पादन गरेको बेसारलाई बजारीकरण गर्न सहज होस् भन्ने उद्देश्यले बेसार खेतीबारे विभिन्न तालिमसँगै १ लाख १० हजारको बेसार पिस्ने मिल र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराईएको तराई भू–परिधि कार्यक्रम(ताल) का फिल्ड सुपरभाइजर तिलक राम चौधरीले जानकारी दिए । बेसारलाई ब्राण्ड बनाउनको लागि कम्दी जैविक बेसार नाम समेत दिइएको छ । वन्यजन्तुले धान मकै गहुँ लगायत अन्नबाली नोक्सान गरिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती सुरु गरेका हुन् ।

बेसार उत्पादन गर्न थालेपछि बेसारको माग पनि बढ्दै गएको उपभोक्ता समूहका महिलाहरु बताउँछन् । एक देखि १५ कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष थप जग्गामा बेसार रोप्ने योजना रहेको समूहकी अर्का सदस्य सुधा सुनारले बताईन् । शुद्ध बेसार उत्पादन गरिरहेकाले बाँके बाहिरबाट समेत माग आउन थालेको उनले सुनाईन् । उनले भनिन् ‘पहिलो बर्ष नै माग धन्न धौ–धौ भयो, काँचो बेसार खरिद गरेर पनि उत्पादन गरेर उपभोक्ताको माग पूरा गर्ने प्रयासमा छौं ।’ कम्दि जैविक बेसार नाम दिएर बेसार उत्पादन गरेको बेसारबाट वार्षिक ४ लाख सम्म आम्दानी गरिरहेको उपभोक्ता समूहका महिलाहरुको भनाई छ ।

समूहका महिलाहरुले उत्पादन गरेको बेसार प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । अहिले समूहका महिलाहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको र घरमै आएर बेसार लैजाने गरेको समूहका सदस्य पूर्णकला गिरीले बताईन् । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र जैविक क्षेत्रका किसानका लागि बेसार खेती उपयुक्त भएको र बाँके जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?