Butwal Today

दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर

१० जेष्ठ २०८१, बिहीबार
अ+
अ-

काठमाडौ,१० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।

विराटनगरमा बिहीबार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनले बताए ।

सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उनले बताए ।