Butwal Today

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ जेष्ठ २०८१, बुधबार
अ+
अ-

बुटवल ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।