ट्रेंडिंग:

>> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित

बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

नेपालगञ्ज, ९ जेठ ।

पोलियो रोग बिरुद्धको आईपिभी खोप अभियान बाँकेमा यही जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाँकेमा पनि सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले आइ पि भी खोप सम्बन्धी नेपालगञ्जमा बुधबार जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरेको छ । कार्यक्रममा डब्लु एच ओ का डाक्टर प्रविण पौडलेलले आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७४ असोज सम्म जन्मिएका वालवालिकालाई खोप लगाउने तयारी रहेको जानकारी दिए ।

पोलियो रोग विरुद्धको ओ पि भी खोप एक बर्ष मुनिका वालवालिकालाई नियमित खोप सेवाको माध्यमबाट विगत लामो समयदेखि दिईदै आएको छ । त्यसैगरी यो रोग विरुद्धको अर्को खोप आई पि भी खोप २०७१ साल देखि प्रदान गर्न सुरु गरिएपनि २०७३ सालको प्रारम्भ देखि विश्व बजारमा यो खोप अभाव भएर आपूर्ति नभएका कारण दुई बर्ष भन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेको हुँदा वालवालिकालाई पोलियो लाग्ने जोखिम रहिरहने भएकोले अहिले खोप अभियान सञ्चालन गरिरहेको डाक्टर पौडेलले प्रष्ट पारे । उनले भने ‘विश्व बजारमा आई पि भी खोप अभाव भएर नेपालमा १४ लाख वालवालिका यो खोप लगाउन छुटेका छन्, अव अभियान मार्फत छुटेका सबै वालवालिकालाई खोप लगाईने छ ।’

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले अभियानबाट बाँकेमा ३५ हजार ७०५ जना ५ देखि ८ वर्ष सम्मका वालबालिकालाई खोप लगाईने लक्ष्य रहेको बताए । यो उमेर समूहका वालवालिका सबै विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाईने उनले बताए । ४३६ जना विद्यालय बाहिरका वालवालिकालाई पनि खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । अभियानको तयारी पुरा भईसकेको जानकारी दिँदै अधिकृत श्रेष्ठले भने, ‘अभियानका लागि बाँकेमा हाल सम्म ३० हजार ८ सय भाईल खोप प्राप्त भईसकेको छ । बाँकी तीन दिन भित्र आईपुग्छ ।’

२४३ वटा खोप केन्द्रमा २४३ जना स्वास्थ्यकर्मी र ४८६ जना शिक्षक तथा स्वयंसेवक परिचालन गरिने उनले बताए । बाँकेका ८ वटै पालिकामा जेठ १३ गते एकैसाथ खोप अभियान सञ्चालन गरेर १८ गते भित्र लक्षित वालवालिकालाई खोप लगाईसक्ने अधिकृत श्रेष्ठको दाबी छ ।

खोप केन्द्रमा खोप लगाउन छुटेका वालवालिकालाई पनि जेठ २४ गते भित्र खोप लगाई सकिने र २६ गते मूल्यांकन सहित अभियान समापन गरिने उनले बताए । जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीमा सम्बोधन गर्दै जिल्ला समन्वय समिती बाँककेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अभियानलाई सफल पार्न जिल्ला स्थित सबै सरोकारवाला पक्षलाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?