Butwal Today

तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन

९ जेष्ठ २०८१, बुधबार
अ+
अ-

बुटवल।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिनाउ नदीमा डुबेर एक जना विद्यार्थीको ज्यान गएको छ । काठमाडौ घर भइ बुटवल मामा घर बसेर कालिका मानबिज्ञान मा बि बाट एसइई दिएका १६ बर्षिय राजीव लामा को नदीमा डुबेर निधन भएको हो ।

पौडी खेल्न नजान्ने तिनाउ नदिमा पौडि खेल्दा एक हप्ता भित्र २ जनाको ज्यान गएको तिनाउ गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य टंकनाथ बस्यालले जानकारी दिए । उनले गर्मी मौसममा पौडी खेल्न नजान्ने व्यवक्ति नदीमा पौडी खेल्न नजानको लागि समेत पटक पटक आग्रह गरिएको भएपनि पालना नहुँदा व्याक्तिको ज्यान गएको उनको तर्क रहेको छ ।