ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

सुनवल, ९ जेठ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वुद्ध जयन्तीको अवसरमा धातु जात्रा निकाल्ने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि नगरपालिकाले वुद्धको मावली दाबी गरिएको स्थल रामग्राम १८ पण्डितपुरदेखि वुद्धको एक मात्र सिंगो अस्थी धातु सुरक्षित रहेको स्थल रामग्राम स्तुपसम्म धातुजात्रा गर्न लागेको हो ।

पण्डितपुरबाट भोली (विहिवार) बिहान ७ बजे हात्तीबाट सुरु हुने धातु जात्रा विभिन्न स्थान परिक्रमा गरी ५ घण्टापछि रामग्राम स्तुपमा पुग्ने नगर प्रमुख धनपत यादवले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । श्रीलङ्काबाट ल्याईएको वुद्धको अस्थीधातुलाई हात्तीमा राखेर परिक्रमा गर्ने र आम सर्वसाधारणले समेत दर्शन गर्न पाउने व्यवस्था गरिने नगर प्रमुख यादवले बताए । रामग्राम स्तुप र पण्डितपुरको विकास र प्रवद्र्धनका लागि गत वर्षदेखि वुद्ध जयन्तीको अवसरमा सुरु भएको धातु जात्रालाई यस वर्ष पनि निरन्तरता दिदै सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको यादवको भनाई छ ।

यादवले लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य वुद्ध स्थलको विकासमा चासो नदिएको गुनासो गरे । कोषका पदाधिकारीहरुलाई पटक पटक यस विषयमा ध्यानााकर्षण गराएको पनि उनले बताए । लुम्बिनीमा मात्र नभई कोषले रामग्राम स्तुपलगायतका क्षेत्रमा पनि वुद्ध जयन्ती भव्यताका साथ मनाउनुपर्ने भएपनि कोषले चासो नदिएका कारण नगरपालिकाले गत वर्षदेखि धातु जात्रासहितको कार्यक्रम आयोजना गरेको बताए । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा रामग्राम स्तुपमा अस्थीधातु सहितको कार्यक्रम भएको थियो ।

सो क्रममा उपप्रमुख सम्झना चौधरीले सप्ताहव्यापी रुपमा आयोजना गरिएको खेलकुदका कार्यक्रममा युवाहरुमा उत्साह थपेको बताईन् । वुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुदको कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रमको बिजेतालाई बिहीबार रामग्राम स्तुपमा आयोजना हुने समापन समारोहमा पुरस्कार वितरण गरिने छ । नगरपालिकाले वुद्ध जयन्तीको अवसरमा भलिबल, फुटवल, तेक्वान्दो, व्याड्मिन्टन, क्रिकेट लगायतका खेलकुद प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले आम सर्वसाधारणले समेत वुद्धको अस्थीधातुको दर्शन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । नगरपालिकाले गत शुक्रबार पण्डितपुरमा एक कार्यक्रमको आयोजना गरी वुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?