ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

जैविक विविधता संरक्षणमा ढिलाई नगरौं

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

आज जैविक विविधता दिवस । हरेक वर्षको मई २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने गरिन्छ । ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने नाराका साथ यो बर्षको जैविक विविधता दिवस मनाईदैछ । सन् १९९२ मा ब्राजिलको राजधानी रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय वातावरण र विकाससम्बन्धी पृथ्वी सम्मेलनले वातावरण संरक्षण र दिगो विकासका लागि जैविक विविधता महासन्धिको रूपरेखा तयार पारेको थियो । हरितयुद्धको शुभारम्भ मानिएको यस सम्मेलनमा विश्वका १७८ राष्ट्रले भाग लिएका थिए र सम्मेलनकै समयमा नेपाललगायत १५२ राष्ट्रले यस महासन्धिमा हस्ताक्षर गरेका थिए । त्यसपछि मई २२ लाई विश्व जैविक विविधता दिवसको रूपमा मनाउन थालिएको हो । जैविक विविधताको संरक्षण, विकास र यसको दिगो उपयोगिताका लागि विभिन्न प्रयासहरू भैरहेका छन । आज विश्व जैविक विविधताको संरक्षण गर्नेतर्फ अग्रसर नहुँदा अनेकखाले वातावरणीय विकृति र विसंगतिको जन्म भएको छ । राष्ट्रसंघका सदस्य राष्ट्रहरूले पनि यो दिनका अवसरमा विशेषगरी आफ्नो मुलुकमा भएका जैविक विविधताको संरक्षणमा जोड दिइरहेका छन् । सन्धि अनुसार सदस्य राष्ट्रले वा सन्धिका पक्ष राष्ट्रहरूले आफ्नो मुलुकमा कायम रहेको जैविक विविधता संरक्षण गर्ने र यसको दिगो विकास र विस्तार गर्ने तथा यसको प्रयोगबाट हुने लाभको बाँडफाँडलाई न्यायोचित वितरण गर्ने कुरा स्पष्ट गरिएको छ ।

जैविक विविधतामा नेपाल धनी छ तर जैविक विविधताको संरक्षण र यसको उपयोगमा लाभ लिन नसक्दा असंख्य सम्पदा लोपोन्मुख हुँदै गएका छन । मुलुकको भौगोलिक बनावट र जलवायुका कारण जैविक विविधतामा नेपाल विश्वमा सबैभन्दा धनी मुलुकको रूपमा रहेको छ । विश्वको ०.१ प्रतिशत मात्र भू–भाग नेपालको भएपनि नेपाल धेरै प्रकारका जैविक विविधताले धनी छ । निश्चित रूपमा नेपालको जैविक विविधता अहिले संकटमा परिरहेको छ । तर त्यसको न्यूनिकरणका लागि फेरिपनि हामी सवै नेपालीले जोड दिनु आवश्यक छ । विश्वभर अनुमान गरिएका ८० लाख जीवजन्तु, वनस्पतिका प्रजातिहरू जैविक विविधता हुन । नेपालमा अहिलेसम्म जनावरका २०८, चराका ८७८, सर्प र भ्यागुताका १४३, माछाका १८५, पुतलीका ६४० र फूल फुल्ने वनस्पतिका पाँच हजार १६० प्रजाति अभिलेख गरिएको छ । मानव अस्तित्व जैविक विविधताामा अडिएको छ । अहिले धान, गहुँ, मकैलगायत खाद्यान्नका २० प्रजातिले विश्वको ९० प्रतिशत खाद्यान्नको आपूर्ति हुने गरेको छ । अहिले एक प्रजातिको जिन अर्को प्रजातिमा प्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास भएको छ । योसँगै जैविक विविधताको महत्व अझै बढेर गएको छ । नेपालका यी विविधताहरूको संरक्षणमा समेत अव विशेष ध्यान दिनु जरुरी छ । यो बर्षको दिवसको नारा नै योजनाको हिस्सा बन्नुहोस् भन्ने रहेकोले नेपालका सवै सरोकारवाला निकाय र बाताबरणबिदहरूले जैविक विविधताको संरक्षणतर्फ पहल गर्नु जरुरी छ । जैविक विविधताको रूपमा रहेका असंख्या प्राकृतिक श्रोत र सम्पदाको संरक्षणमा ध्यान दिऔं । दिवस मनाउने औपचारिकता पूरा गर्नेमात्र होइन, दिवसको महत्वबोध गर्नेतर्फ पनि चासो र चिन्ता ब्यक्त गर्नु आवश्यक छ । तसर्थ औपचारिकतामा होइन, दिवसको सार्थकता उपलब्धि र नतिजामा खोजौं । अनिमात्र दिवस मनाउनुको तात्पर्य पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?