ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

च्याम्पियन टिमलाई ‘दाता’ को पीर

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

बुटवल, ९ जेठ । खेलकुदको उर्वरभूमिको पहिचान बनाएको रूपन्देही जिल्ला खेलाडी उत्पादनमात्र नभई राष्ट्रिय÷अन्तर्राष्ट्रिय उपाधिमा आफ्नो बलियो पहुँच बनाएको छ । काठमाडौंमा सम्पन्न आठौ आरबिबि–एनबिए मेन्स/वुमन्स भलिबल च्याम्पियनसिप २०८० को लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेको एभरेष्ट भलिबल क्लब च्याम्पियन बन्न सफल भयो । ३ वटा विभागिय टिमहरू, चन्द्रागिरि न्यु डाईमण्ड, कर्णाली प्रदेश र मधेस प्रदेश टिमलाई पाखा लगाउँदै एभरेष्ट उपाधि जित्यो । चौथो पटकमा उपाधि चुमेको एभरेष्टलाई अब हुने लिगको चटारो छ ।
नेपाल भलिबल संघको आयोजनामा सम्पन्न क्लब प्रतियोगिताको छैठौ स्थानसम्म रहेका टिम बिच लिग खेल्ने प्रावधान रहेको छ । अझ एभरेष्ट क्लब च्याम्पियन भएको हुदा पनि अब उसको नजर राष्ट्रिय लिग जित्ने रहेको छ । नेपालको राष्ट्रिय टिमको क्याप्टेन अरूणा शाही, भारतको राष्ट्रिय टिमका ३ जना खेलाडीहरू जिन्सी जोन्सन, सुर्या एस, केपि अनुश्रीसहित युवा खेलाडीहरू निसा चौधरी, आरती चौधरी, अनुषा चौधरी, मिना सुनार, प्रमिला जिसि, रिचा थापा, रितु पुन, रुचि थापा टिम अब फेरी लिगको तयारीमा रहेका छन । काठमाण्डौमा ९ दिनसम्म चल्ने लिग खेल्न सोचेजस्तो सहज भने छैन । मोफसलको क्लब भएको हुदा पनि राम्रो स्पोन्सर पाउन नसकेको क्लबका प्रशिक्षक अर्जुन घिमिरेले दुखेसो गरे ।
‘उपाधि जितेर रूपन्देही र लुम्बिनी प्रदेशकै गौरब बढाएको भएपनि सरकारबाट उपेक्षामा परेको छ ।’—उनले भने । खेलाडी र खेल क्षेत्रलाई हेर्ने नजरिया परिर्वतन हुन नसक्दा पलायनको स्थिति आएको उनले बताए । ‘खेल क्षेत्रमा उपाधि हासिल गर्दा नाम खोज्ने तर लगानी गर्न नखोज्ने मानसिकता मौलाउदो छ,’—उनले भने । नेपालका विभाग र राष्ट्रिय टिमबाट खेलाडीहरू पुनम चन्द, सरस्वती कट्टेल, सुस्मिता क्षेत्री, भावना डागी, तिला चौधरी एभरेस्ट कै उत्पादन भएको उनले बताए । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेपनि यसका लागि आवश्यक लगानी र योजना सरकारबाट नभएको उनले दाबी गरे । ‘नीजि क्षेत्रको योगदानबाट नै अहिलेसम्म भलिबल उभिएको छ ।’—उनले भने । नेपाल भलिबल संघको क्यालेण्डर अनुसार मोफसलको क्लब खेल खेल्न सक्ने अवस्था नबनेको उनले बताए । क्लबका प्रशिक्षक अर्जुन घिमिरे अहिले क्लबको स्पोन्सरको खोजीमा भौतारिरहेका छन । ‘खेल बुझाउन नसक्दा राम्रो स्पोन्सर पाउन सकिएन ।’— उनले भने ।

बुटवलको एभरेष्ट बोर्डिङ स्कुल महिला भलिबलकै कारण परिचित बनेको छ । जुन विद्यालयले खेलको विकासमा वार्षिक २० लाख रूपैया बढी खर्च गरेको छ । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले रूपन्देहीमा एक दशकदेखि निरन्तर एकेडेमी चलाउदै आएको बताए ।
भलिबल खेलका लागि उपयुक्त अग्लो कद भएका खेलाडी गाउगाउबाट खोजेर एकेडेमीमा निशुल्क आवासियसहित शिक्षा दिदै आएको उनले बताए । काचो माटोका रूपमा रहेका युवाहरूलाई नियमित अभ्यासबाट परिपक्क खेलाडी तयार एभरेष्टमा गर्दै आएको उनले बताए । सरकारबाट हुनुपर्ने कामलाई नीजि शैक्षिक संस्थाबाट भएको उनले दाबी गरे । आफुहरूको यो योगदानलाई सरकारबाट मूल्यांकन गरिनुपर्ने उनले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?