ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

नेपालगञ्ज, ९ जेठ ।

पोलियो रोग बिरुद्धको आईपिभी खोप अभियान बाँकेमा यही जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाँकेमा पनि सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले आइ पि भी खोप सम्बन्धी नेपालगञ्जमा बुधबार जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरेको छ । कार्यक्रममा डब्लु एच ओ का डाक्टर प्रविण पौडलेलले आई पि भी खोप अभियान २०८१ मा २०७३ बैशाखदेखि २०७४ असोज सम्म जन्मिएका वालवालिकालाई खोप लगाउने तयारी रहेको जानकारी दिए ।

पोलियो रोग विरुद्धको ओ पि भी खोप एक बर्ष मुनिका वालवालिकालाई नियमित खोप सेवाको माध्यमबाट विगत लामो समयदेखि दिईदै आएको छ । त्यसैगरी यो रोग विरुद्धको अर्को खोप आई पि भी खोप २०७१ साल देखि प्रदान गर्न सुरु गरिएपनि २०७३ सालको प्रारम्भ देखि विश्व बजारमा यो खोप अभाव भएर आपूर्ति नभएका कारण दुई बर्ष भन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेको हुँदा वालवालिकालाई पोलियो लाग्ने जोखिम रहिरहने भएकोले अहिले खोप अभियान सञ्चालन गरिरहेको डाक्टर पौडेलले प्रष्ट पारे । उनले भने ‘विश्व बजारमा आई पि भी खोप अभाव भएर नेपालमा १४ लाख वालवालिका यो खोप लगाउन छुटेका छन्, अव अभियान मार्फत छुटेका सबै वालवालिकालाई खोप लगाईने छ ।’

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले अभियानबाट बाँकेमा ३५ हजार ७०५ जना ५ देखि ८ वर्ष सम्मका वालबालिकालाई खोप लगाईने लक्ष्य रहेको बताए । यो उमेर समूहका वालवालिका सबै विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाईने उनले बताए । ४३६ जना विद्यालय बाहिरका वालवालिकालाई पनि खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । अभियानको तयारी पुरा भईसकेको जानकारी दिँदै अधिकृत श्रेष्ठले भने, ‘अभियानका लागि बाँकेमा हाल सम्म ३० हजार ८ सय भाईल खोप प्राप्त भईसकेको छ । बाँकी तीन दिन भित्र आईपुग्छ ।’

२४३ वटा खोप केन्द्रमा २४३ जना स्वास्थ्यकर्मी र ४८६ जना शिक्षक तथा स्वयंसेवक परिचालन गरिने उनले बताए । बाँकेका ८ वटै पालिकामा जेठ १३ गते एकैसाथ खोप अभियान सञ्चालन गरेर १८ गते भित्र लक्षित वालवालिकालाई खोप लगाईसक्ने अधिकृत श्रेष्ठको दाबी छ ।

खोप केन्द्रमा खोप लगाउन छुटेका वालवालिकालाई पनि जेठ २४ गते भित्र खोप लगाई सकिने र २६ गते मूल्यांकन सहित अभियान समापन गरिने उनले बताए । जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीमा सम्बोधन गर्दै जिल्ला समन्वय समिती बाँककेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अभियानलाई सफल पार्न जिल्ला स्थित सबै सरोकारवाला पक्षलाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?