ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

दाङमा ३७ हजार बढी बालबालिकालाई आइपीभी खोप लगाइँदै

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

दाङ, ९ जेठ ।

दाङमा यस ३७ हजार ७ सय ५५ जना बालबालिकालाई आइपीभी खोप लगाइने भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा सहभागी गराइने भएको छ । स्वास्थ्य कार्यालय दाङले बुधबार दाङको घोराहीमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका ३७ हजार ७ सय ५५ बालबालिकालाई खोप दिने तयारी भइरहेको जानकारी दिएको हो । कार्यालयका अनुसार जेठको १३ देखि १७ गते सम्म पहिलो चरणको खोप लगाइने छ भने २३ गतेदेखि २६ गतेसम्म दोस्रो चरणको खोप लगाइने छ । जसका लागि जिल्लाका ६ सय एक वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

दाङका १० वटै पालिकामा खोप केन्द्र राखिएको स्वास्थ्य कार्यालय दाङका खोप संयोजक झग्गुप्रसाद आचार्यले जानकारी दिए । पहिलो चरणमा २०८१ जेठ १३ गतेदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तीनगर, दंगीशरण र बबई गाउँपालिकामा खोप सञ्चालन हुने छ । दोस्रो चरणमा २०८१ जेठ २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बंगलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयहरुमा केन्द्र राखेर सबैलाई खोपमा समाबेश गराउनुपर्ने बताए । बालबालिकाहरुलाई खोप लगाउने समयमा विद्यालयका शिक्षक,अभिभावकले सहयोग गर्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विद्यालयमा खोपकेन्द्र भएकाले कुनैपनि बच्चा छुट्न नहुने बताए । कामको शिलशिलामा बाहिर रहेका अभिभाबकले आफ्ना बच्चालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउनुपर्ने बताए । दाङलाई पोलियो मुक्त गराउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । घोराहीका नगरप्रमुख नरुलाल चौधरीले पोलियो खोपलाई प्रभावकारी बनाउने र विद्यार्थीको समुहलाई कसरी कभरेज गर्न सकिन्छ त्यसतिर ध्यान दिने बताए । सकारात्मक सन्देश सहित खोप अभियान सफल बनाउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार टाइप २ र टाइप ३ को चरण सफलता भएको तर टाइप १ ले समस्या सृजना गरेको बताए । ०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुन सक्ने संभावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको आचार्यले बताए । पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?