Butwal Today

ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

उच्च मूल्यबाट सुनको भाउ मंगलबार तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ तोकेको छ ।

यसअघि अघिल्लो दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ९४० रुपैयाँ मूल्य रहेको चाँदी आज १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।