ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लहरे नाँच बचाउँदै महिला

८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

सल्यान, ८ जेठ । हाम्रा पूर्बजहरूको कडा मेहनत र पसिनाले सृजना गरेका विभिन्न मौलिक कला संस्कृति, भाषा, भेष, भूषा, परम्परा, चाडपर्ब हाम्रा पहिचान र गौरव हुन् । तर यस्ता गौरव र पहिचानका धरोहरहरूलाई हामीले जानी या नजानी दिन दिनै बिर्सदै जाने क्रम बढिरहेको छ ।
पछिल्लो पुस्ताले अनुसरण गर्न नसक्दा सल्यानमा परम्परागत रूपमा चल्दै आएका पुरानो सँस्कृती लोप हुने अवस्थामा पुगेको छ । मेला पूजाआजा बिवाह र विभिन्न पर्वमा नाचिने पुराना मौलिक नृत्य र गितहरू अहिले सल्यानमा हराउदै गएका छन् । सल्यानका हरेक मेला र पर्वमा नाचिने लहरे नाच पनि अहिले इतिहास बन्दै छ । यद्यपि सल्यानमा भने महिलाहरू लहरे नाचको संरक्षणको प्रयासमा छन् ।

सल्यान चिन्नेखर्कका महिलाहरू पश्चिम नेपालमा चर्चित लहरे नाचको संरक्षणमा जुटेका हुन् । केही समय अघि जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं १ को वडा अध्यक्षकप उद्घाटन समारोहमा डाँफे महिला समूहमा आवद्ध महिलाहरूले लहरे नाच प्रस्तुत गरे । समूहकी अध्यक्ष गुप्ता वली भन्छिन्, ‘पहिले पहिले गाउँघरमा लहरे नाच खुबै नाच्दथे, तर पछिल्लो समय यो नाच हराउँदै गएको छ । हामीले नाँच्न र केही रूपमा भएपनि संरक्षण गर्न सकिन्छ की भनेर सानो प्रयास गरेका छौँ ।’

छत्रेश्वरी–१ को डाँफे महिला समूहका महिलाहरूले आफ्नो गाउँघरमा हुने पूजा, विवाह लगायतका शुभकार्यमा लहरे नाच्ने गरेका छन् । ‘हामीले महिला समूहमा छलफल पनि गर्याैँ । लहरे नाच संगै अन्य लोप हुन लागेका कला संस्कृती संरक्षणका लागि थोरै भएपनि काम गर्नुपर्छ भन्ने लागेर बुवाबाजेहरूले नाचेको देखेर सिक्दै अघि बढेका छौँ’, अध्यक्ष वलीले भनिन् ।

पश्चिमेली मूलुकका संगीतको तुलनामा हाम्रो कला संस्कृति सभ्य र भरपुर मानिन्छन् । र मनोरञ्जनका लागि पनि हाम्रा कलासंस्कृती कम छैनन् । लहरे नाचको एकै समूहमा सासुससुरा, छोरी ज्वाइँ मज्जा संग अटाउन सक्छन् । चाहे जुनसुकै जात र वर्गको किन नहोस्, कुनै अश्लीलता देखिदैन लहरे नाचमा । लहरे नाचले सामाजिक मुल्यमान्यतालाई बाँधेर राखेको छ । यद्यपि समयको परिवर्तन सँगै आएको परिवर्तनले यस्ता गीतहरू ओझेलमा पर्दै गएका छन् । नयाँ नयाँ प्रविधिसंगै युवा पिढिमा आएको विकृतिले पनि पुरानो सस्कृतिमा परिवर्तन आएको धेरैको बुझाइ छ । नयाँ पिढीले यस प्रकारका साँस्कृतीक विधालाई सम्हाल्न नसक्दा पुराना मौलिक परम्परा बोकेका यस्ता साँस्कृतीक बिधा ओझेलमा पर्दै गइरहेका छन् । तर पनि समय छंदै लहरे नाचको महवलाई बुझेर यसको संरक्षण र विस्तारमा लाग्नुपर्छ भन्ने आफ्नो कर्तव्य सम्झेर लहरे नाच सिक्दै गरेको डाँफे महिला समूहमा आवद्ध चिन्नेखर्ककी १८ वर्षीया चन्द्रमा घर्ती मगर बताउँछिन् । ‘हामी समूहमा आवद्ध छौँ । सबैले ड्रेस पनि बनाएका छौँ । लहरे नाच संरक्षण गर्नुपर्छ भन्ने लागेर म पनि सिक्दै छु,’ उनले भनिन् ।

विभिन्न गाउँ टोलमा गठन भएका महिला समूहहरूले साउण्ड सिस्टममा रेर्कडेट गीत बजाएर नाच्ने गरेकोमा छत्रेश्वरी गाउँपालिकाका कतिपय महिला समूहहरूले आफै मादल लगाएतका बाध्यवादन सामग्री बजाउँदै, आफै गित गाउँदै कला संस्कृती संरक्षणमा अग्रसर बनेको देख्न सकिन्छ । मौलिक लोक कलासंस्कृती संरक्षणका लागि वडा तहबाट आफूहरूले सक्दो प्रयास गरिरहेको छत्रेश्वरी–१ का वडा अध्यक्ष प्रकाश हमाल बताउँछन् । यहि जेठ १० गते आफ्नो वडामा स्थानीयस्तरका लोकसंस्कृती प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रमबाट मौलिक संस्कृती संरक्षणमा लागेकाहरूलाई प्रोत्साहन हुने उनको अपेक्षा छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?