ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

प्रवक्ताहरूको भूमिका स्पष्ट गर

८ जेष्ठ २०८१, मंगलवार
८ जेष्ठ २०८१, मंगलवार

लुम्विनी प्रदेशका स्थानीय पालिकाका प्रवक्ताहरूको बुटवलमा सम्पन्न सम्मेलनले प्रवक्ताहरूको काम, कर्तब्य, जिम्मेवारी र भूमिका स्पष्ट गर्न आग्रह गरेका छन । स्थानीय सरकार संचालन ऐनमा प्रवक्ताहरूको व्यवस्था नै नरहेको अवस्थामा प्रवक्ताहरूले गर्ने काम र जिम्मेवारीको बिषय अहिलेसम्म हचुवाकै भरमा भैरहेको छ । प्रवक्तालाई सूचना लिने र दिने ब्यक्तिको रूपमा मात्रै परिभाषित गर्न खोजिएको छ । तर, प्रवक्ताहरूको भूमिका त्यतिमात्र होइन । बुटवलमा आयोजित तीन दिने प्रशिक्षणमा सहभागी प्रवक्ताहरूले स्थानीय सरकार संचालन ऐनमा प्रवक्ताको बिषयमा उल्लेख नै नभएको अवस्थामा प्रवक्ताको भूमिका र जिम्मेवारी कसरी पूरा गर्ने भन्ने बिषयमा दुविधा रहेको देखिएको छ । प्रवक्ताको भूमिका सूचना लिने र दिने मात्रै हो कि अरू पनि भूमिका हो भन्ने बिषयमा अहिलेसम्म अलमल छ । त्यसकारण सरकारले प्रवक्ताको भूमिका, काम, कर्तब्य र अधिकारको बिषयमा अलग्गै छलफल गरि स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने आवश्यकता छ । स्थानीय सरकार संचालन ऐन र कानुनमा प्रवक्ताको काम, कर्तब्य र अधिकारको बिषय स्पष्ट छैन । स्थानीय सरकार संचालन ऐनमा प्रवक्ताको भूमिका उल्लेख नै नगरेकोले सरकारले ऐन तथा कानुन नै वनाएर प्रवक्ताको भूमिकाको स्पष्ट व्यवस्था गर्नुपर्ने जरुरी छ । अन्तरक्रिया तथा सम्मेलनमा सहभागीहरूमा समेत प्रवक्ताको भूमिका स्पगट नहुँदा काम गर्न समस्या भएको बताईरहँदा यसलाई केवल सूचना लिने र दिनेमै सीमित गरिने त होइन भन्ने अन्यौल छ । यद्यपि सरकारले सवै सरकारी कार्यालय र स्थानीय तहमा सूचना अधिकारी राख्ने व्यवस्था गर्न भनेको छ ।

नागरिकको सूचना पाउने हक कुण्ठित हुन नदिन संविधानमै सूचना अधिकारी राख्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ । सवै नागरिकले सहज र सरल तरिकाले सूचना पाउने अधिकार संविधानले ग्यारेण्टी गरेको छ । तर त्यो ऐन नहुँदा समस्या छ । नागरिकले सरकारी कार्यालयबाट मागेको अवस्थामा सूचना पाउने अधिकार राख्छन । यो नेपालको संविधानले नै ग्यारेण्टी गरेको छ । तर सूचनाको हकको व्यवस्था संविधानमै गरिएको भएपनि त्यस सम्वन्धि अलग्गै कानुन नवनदा भने समस्या देखिएको छ । अझैपनि देशका विभिन्न स्थानमा सरकारी कार्यालयमै सूचना अधिकारी नतोकिएको सुन्दा नेपालमा सुशासन कुन स्तरमा रहेछ भन्ने स्पष्ट हुन्छ । संविधानले सबै सार्वजनिक निकायले आफ्ना प्रगति विवरण प्रत्येक तीन–तीन महिनामा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । प्रायः सबै सार्वजनिक निकायलाई सूचनाको हकबारे सचेत गराइएको, सूचना प्रवाह गर्ने क्षमता र सोचमा परिवर्तन भइरहेको भएपनि नेपालको कर्मचारी तथा प्रशासनतन्त्रमा अझैपनि सूचनाको हकको बिषयमा अन्यौलता छ । कतिपय अवस्थामा सूचना माग्न जाँदा ठाडै नदिने काम कतिपय सरकारी कार्यालयबाट भएको समाचार सार्वजनिक भैरहेका छन । खासगरी प्रदेश र स्थानीय तहका सार्वजनिक निकायमा सूचनाको हकसम्वनधी ज्ञानको कमी रहेको छ । अहिलेपनि नागरिक तहसम्म सूचनाको हक पु¥याउन नसकिएको तथा सूचना लकाउने प्रवृत्तिमा कमी नआएको जस्ता विषय चुनौतिका रूपमा छ । सूचना अधिकारी राख्न अझैपनि निर्देशन गर्नुपर्ने अवस्थाले नेपालको सुशासनको अवस्था कस्तो छ भन्ने स्पष्ट भएको छ । निश्चितरूपमा सूचनाको हक कार्यान्वयनको अवस्थाले सुशासनको मापन र सरकारको लोकतन्त्र तथा पारदर्शीताप्रतिको नीति छर्लङ्ग हुन्छ । सूचना उपलब्ध गराउन अस्वीकार गर्नेलाई जरिवाना मात्रै नभई दण्ड सजायको पनि व्यवस्था गर्नुपर्छ । नेपालको संविधानले नै सूचना माग्ने र प्राप्त गर्ने अधिकार सुनिश्चित गरेकोले सरकारले नै अव सूचना पाउने अधिकारको सहज व्यवस्था गरोस् । अव प्रवक्ताको काम, कर्तब्य र अधिकार कानुन वनाएरै स्पष्ट गरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?