Butwal Today

प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।

प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।