Butwal Today

आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

बुटवल,८ जेठ ।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीका पुर्व अध्यक्ष  एवं भैरहवाको लुम्बिनी शिशु सदनका संस्थापक यमबहादुर रसाइलीको निधनको शोकमा रुपन्देहीका निजी तथा आवासीय विद्यालयहरु आज एक दिन बन्द हुने भएका छन् ।

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा र सचिव दीपक खनालले एक विज्ञप्ति जारी गर्दै पुर्व अध्यक्ष रसाइलीको निधनमा शोक मनाउन जिल्लाभरका निजी तथा आवासीय विद्यालयहरुमा जेठ ८ गते आज पठनपाठन नगरी विदा गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय बन्द गर्न आग्रह गरेका छन् ।