Butwal Today

सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते

७ जेष्ठ २०८१, सोमबार
अ+
अ-

सुर्खेत ।

वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो दैलेखको भुकाबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाकी बसमा सवारहरू मध्ये घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी उपरीक्षक रुपेश खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

बसमा सवार २५ जना मध्ये १८ जनालाई उपचारका लागि हस्पिटल पुर्‍याइरहेका छौँ उनले भने, मृतकको पहिचान खुलेको छैन घाइतेहरूको विवरण सङ्कलन हुँदैछ ।’