ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

रूपन्देहीको बेलबास बेथरी सडक, बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक तथा बुटवल नारायणगढ सडक निर्माण व्यवसायीको लापरवाहीका कारण समयमै पूरा हुन नसकेका पछिल्ला उदाहरण हुन । बुटवलको बेलवासदेखि बेथरी खण्ड अन्तरगत नहरपुरदेखि बेतहानीसम्मको करिव आठ किलोमिटर सडक निर्माणको काम निर्माण व्यवसायीले बीचैमा अलपत्र पारेपछि स्थानीय जनता आन्दोलित भएका छन । स्थानीय जनताले ठेक्का रद्द गर्न माग गरेका छन् । स्थानीयलाई आततायी वनाउने यस प्रकारका घटना बुटवल नारायणगढ सडकमा अझै धेरै भएका छन् । त्यस क्षेत्रका जनता विगत ५ बर्षदेखि सडक निर्माणमा गरिएको चरम लापरवाहीको पीडामा बाँच्न विवस छन् । स्थानीय जनताले थुप्रैपटक सडक बन्द गरे । आन्दोलनको आँधीबेहरी सिर्जना गरे तर सडक निर्माणको काम कछुवा गतिमा भैरहेको छ ।

सरकार समेत निर्माण कम्पनीसंग हार खाने अवस्था उत्पन्न भएको छ । त्यही अवस्था बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको तीन किलोमिटर सडक खण्डको छ । जसमा निर्माण व्यवसायीले चरम लापरवाही गरेपछि ठेक्का रद्द भएको छ । सडक निर्माणमा लापरवाही गर्ने, समयमै काम नगर्ने निर्माण कम्पनीमाथि किन दया गरिन्छ ? प्रश्न उत्पन्न भएको छ । यसमा केन्द्रदेखि प्रदेशसम्मको साँठगाँठ हुने गर्दछ । उता बुटवलको बेलबासदेखि रूपन्देहीकै मायादेवी गाउँपालिकाको बेथरीसम्मको कूल २१ किलोमिटर सडक चार लेनमा विस्तारका लागि २०७३ साल असारमा ठेक्का सम्झौता भई काम अघि बढेको थियो । चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का भएको हो । जस अनुसार दक्षिणतर्फका दुईवटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको बेलबासदेखि बेतहानी खण्डको आठ किलोमिटर सडक निर्माणको काममा भने निर्माण व्यवसायीले लापरवाही गर्दा निर्माणको काम अझै हुन सकेको छैन ।

सडक निर्माणको काम नहुँदा उक्त खण्डमा दुर्घटनाको जोखिम बढेको र सवारीसाधन चलाउन कठिन भएको भन्दै स्थानीयले एक महिना अघि सडक निर्माण छिटो गर्न दवाव दिने उद्देश्यले संघर्ष समिति समेत गरेका छन । बेतहानीदेखि बेलबास नहरपुरसम्मको सडक खण्डको निर्माणको काममा निर्माण व्यवसायीले लापरवाही गरेको भन्दै स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाहीको माग समेत गरेका छन् । स्थानीय प्रभावित जनताले ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेका छन । संघर्ष समितिले निर्माण व्यवसायीलाई पटकपटक सडक निर्माणको काम छिटो गर्न अनुरोध गर्दा पनि बेवास्ता गरेपछि स्थानीयले दवाव दिने उद्देश्यले संघर्ष समिति नै गठन गर्न बाध्य भएका छन । निर्माण कम्पनीले विगत चार वर्षदेखि ठेक्का सम्झौता लगातार थप्ने काममात्र गरेको भन्दै स्थानीयले निर्माण कम्पनीलाई कालोसूचीमा राखेर नयाँ निर्माण कम्पनीलाई कामको जिम्मा दिन माग गरेका छन् । अव बेलबास बेथरी सडक क्षेत्रको प्रभावित स्थानीय जनताले जस्तै गरि अन्य सडक क्षेत्रका जनताले समेत आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु जरुरी छ । बुटवल नारायणगढ सडक खण्डका स्थानीयले सडक समयमै सम्पन्न गर्न दवाव दिने उद्देश्यले लगातार सडक बन्द नगरेको भए उक्त क्षेत्रको सडक निर्माणको काम अहिलेसम्म आधा अर्थात ५० प्रतिशत पनि सम्पन्न हुने थिएन । तसर्थ अव सडक निर्माणमा स्थानीय जनताको अनुगमन र खबरदारी जरुरी छ । अहिले देशका अधिकांश स्थानमा बन्दै गरेका सडकको अवस्था बिजोग छ । सडक निर्माणमा देखिएको ढिलासुस्तीको कारण स्थानीयबासीलेमात्रै होईन ती सडक खण्ड भएर यात्रा गर्ने जो कोही यात्रुले धेरै सास्ती खेप्नुपरेको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीहरूले समयमा काम गर्ने गरेका छैनन् । सडक निर्माणमा भएको ढिलासुस्तीप्रति सरकारले प्रभावकारीरूपमा अनुगमन पनि गर्न सकेको छैन । सडकमा जताततै बेथिति छ । सरकारले कम्तीमा एकीकृत योजना बनाएर सडक निर्माणको कामलाई प्रभावकारी बनाउनु जरुरी छ । सडक निर्माणका क्रममा भैरहेको बेथिती अव चाहिँ अन्त्य होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?