Butwal Today

खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि

७ जेष्ठ २०८१, सोमबार
अ+
अ-

बुटवल, ७ जेठ । भलबारी योगस्टार क्लबको आयोजनामा रुपन्देहीमा सम्पन्न यु १८ फुटसल प्रतियोगिताको उपाधि खस्यौली एफसीले चुमेको छ । सोमबार भएको फाईनल खेलमा आयोजक भलबारी योग स्टार क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै खस्यौली एफसीले उपाधिसंगै नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

उपविजेता अयोजक भलबारी भने नगद १० हजार, कप, मेडलमा चित्त बुझायो । खस्यौलीको जितमा रोहन राईको एकमात्र गोल निर्णयक भयो । प्रतियोगितामा भलबारीका रोहित पंगेनी उत्कृष्ट खेलाडी, खस्यौलीका बिवस सुनारीमगर उत्कृष्ट गोलकिपर घोषित हुदै पुरस्कृत भए । प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट २० टिमले भाग लिएका थिए ।