Butwal Today

सुनको भाउले तोड्यो रेकर्ड

६ जेष्ठ २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज ततोडेको हो।

आज छापावाल सुन १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा सुनको भाउ १६ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।