ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

संसदको अवरोध हटाउ

६ जेष्ठ २०८१, आइतबार
६ जेष्ठ २०८१, आइतबार

केही दिनयताको नेपालको राजनीतिमा विकसित घटनाक्रमले आम नेपाली जनतालाई चिन्तित वनाएको छ । सहकारी ठगीको छानबीन गर्ने नाममा सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानले गाईजात्राको रूप लिएको छ । आ–आफ्ना माग पूरा गराउने नाममा सहमति, सहकार्य र एकताको विन्दुमा आउन नसक्ने नेपाली कांग्रेस तथा विपक्षलाई मिलाएर अघि लैजान नसक्ने सरकार दुवै दोषी छन । दुवै पक्षबाट भैरहेको अडान र प्रदर्शनले नेपालको हित गर्दैन । तसर्थ सरकारले विपक्षलाई विश्वासमा लिन सक्नुपर्दछ भने बिपक्षले पनि अधिकारको मुढेबलको दम्भ छोडनुपर्दछ । यद्यपि सहमतिका लागि दिनहुँ बार्ता भैरहेका छन । नेपाली राजनीतिमा नाटक भन्दा पनि नौटंकी बढी हुन्छ । त्यो गाईजात्रा बन्दा मुलुक र जनताले दुःख पाउने अवस्था हुन्छ । अबको विकल्प भनेकै विकृत राजनीतिलाई मिल्काउने नै हो । आज देश कहाँ छ र के भइरहेको छ भन्ने कुरा जिम्मेवार राजनीतिक दल र नेतालाई कुनै चासो छैन । उनीहरू वर्षौंदेखि सत्ताको लुछाचुँडी र सत्ता कब्जाको खेलमा नै रमाएका छन् । आज देशको विकास र समृद्धि भन्ने कुरा कुन चरीको नाम हो भन्ने भैसक्यो । देशमा के भएको छ भन्नु भन्दा पनि अब के भएको छैन भन्ने प्रश्न गर्ने अवस्थामा पुगेको छ । अव देशलाई थप असफलता र अस्थिरतातिर धकेल्ने प्रयास किमार्थ स्वीकार हुँदैन । तसर्थ जसरी हुन्छ सहमतिमा आउनैपर्दछ । जनताका प्रतिनिधिले बहस गर्ने, जनताको समस्या समाधान गर्ने तथा कानुन बनाउने थलो संसदलाई अनिर्णयको बन्दी बनाउने काम कदापी राम्रो होइन ।

निश्चितरूपमा सहकारी ठगी प्रकरण देशको सबैभन्दा ठूलो ज्वलन्त र गंभीर प्रश्न हो । सहकारी ठगीको बिषयमा सरकार सम्बेदनशील बन्नैपर्दछ । दुःखजिलो गरेर एक एक पैसा सहकारीमा जम्मा गरेका ती तमाम पीडितहरूको पैसा सहकारीले फिर्ता गर्नैपर्दछ । सहकारी जसले अपचलन गरेका छन, तीनलाई कानुनी कारवाहीमा ल्याउनैपर्दछ । तर, त्यसका नाममा संसद नै बन्धक राखेर समाधान हुन सक्दैन । त्यसै त अहिलेको नवपुस्ता अब यो देशमा केही हुन्न भन्ने निचोडमा पुगेर धमाधम विदेश पलायन हुँदैछन् । केही वर्ष पहिले स्नातक गरेर विदेश जानेको लाइन थियोे । अहिले हाइस्कुल अर्थात् कक्षा १२ उत्तीर्ण गर्दा बाहिर जानेको घुइँचो छ । सबैको एउटै कुरा छ– यस्तो देशमा बसेर के गर्ने ? देश युवाविहीन हुने अवस्था उत्पन्न भएको छ । देशमा कसैले संभावना देखेको छैन । यही अवस्थामा नेताहरू बाझाबाझ गरेर अवस्थालाई झनै गंभीर बनाउँदैछन् । त्यसो त राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम् इमान्दारीता कायम राख्नैपर्दछ । भनिन्छ, नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरू नीतिहरू स्वतः सरल रेखामा हिँड्छन् । तर, नेपालको नीतिलाई सही दिशामा हिँडाउने काम भएन । अव नेताहरूले सोच्ने बेला आएको छ । यसको नेतृत्व देशको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले नै गर्नुपर्दछ । प्रधानमन्त्री प्रचण्डले छलफलका माध्यमबाट नेपाली कांग्रेससहितका विपक्षी दलहरूलाई सहमतिमा ल्याउनैपर्दछ । बिपक्षीहरूले समेत मेरो गोरुको बाह्रै टक्का नभनी न्यूनतम सहमतिमा आउनुपर्दछ । सहमति, सहकार्य र एकताबाटै देशको ठूलोभन्दा ठूलो समस्या समाधान हुनसक्छ । तसर्थ सत्ता पक्ष र प्रतिपक्ष एउटा सहमतिको बिन्दुमा पुग्नेतर्फ गंभीर बन्नु जरुरी छ । संसद संवाद गर्ने थलो हो, बन्धक बनाउने होइन् । संसदको यो अधिवेशन अत्यन्त महत्वपूर्ण छ । संसदबाट प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने र त्यसपछि बजेट घोषणा समेत हुने भएकोले संसदको गतिरोध फुकाउने काममा ढिलाई नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?