ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गर्मीमा तरबुजा—खबुर्जा

६ जेष्ठ २०८१, आइतबार
६ जेष्ठ २०८१, आइतबार

बुटवल, ६ जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्पछ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय बजारसँग प्रतिष्पर्धा गर्न नसकेर किसान पलायन समेत हुने अवस्था आएको छ । तर रूपन्देहीको बुटवल उपमहानगपालिका वडा नम्बर १५ चम्कीपुरमा रहेको फोकस मल्ट्री एग्रो कन्र्सन एण्ड रिचर्स सेन्टर प्रालिमा उत्पादन भएको तरबजुजा फार्मबाट ५० रूपैयाँदेखि १ सय २० रूपैयाँ प्रतिकिलोमा विक्रि भैरहेको छ । फार्ममा उत्पादन भएका ६ प्रकारका तरबुजा छानी छानी किन्न चाख्न र किन्न पाईन्छ । फार्मका अध्यक्ष राजेश कुँवरका अनुसार फार्म स्थापना भएको ३ बर्ष भएको छ । फार्ममा उत्पादन भएका तरबुजालाई उनीहरूले पहिला चाख्नको लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएका छन् । यसको साथै फार्मबाटै किसानले आफुलाई मन पर्ने तरबुजा किनेर लैजान सक्ने व्यवस्था गरिएको हो ।

एकिकृत कृषि फार्मको रूपमा रहेको यो फार्ममा तरबुजाको अलवा ड्रगन फुट, अम्बा, कागती लगायतका फलफुल समेत रहेका छन् । आफैमा कृषि प्रध्यापक समेत रहेका कुँवरका अनुसार ३ वटा व्यवसायीक उत्पादनमा तरबुजा रहेका छन् । विशाला, सरस्वती, आरोही जातका तरबुजा व्यवसायीक रूपमा उत्पादन छन् । रस्मी७७७, लाली जातको तरबुजा यो बर्ष परिक्षणको रूपमा लगाइएको हो । फार्मममा बजारमा पाईने जात भने लाईएको छैन । पहँेलो प्रजातीको आरोही जातको तरबुजा फार्मबाट नै १ सय २० रूपैयाँ प्रतिकिलोमा विक्री भैरहेको छ ।
फार्मका अध्यक्ष कुँवर भन्छन्–‘हामी संग उत्पादन भएको तरबुजा पोखरा लगायतका सिटीमा समेत जाने गरेको छ ।’ अझै फार्मममा ढेड लाख रूपैयाँ बराबरको तरबुजा विक्रिको लागि तयारी रहेको जानकारी दिँदै उनले हाल सम्म तरबुजाको लागि लगाइएको लगानी उठेको जानकारी दिए । कृषिलाई परानो ढर्राबाट भन्दा पढेलेखेकाहरूको लागि कृषि गर्न हुँदैन भन्ने पुरानो सोँचलाई परिमार्जन गर्दै व्यवसायिक उत्पादनलाई कृषिमा जोड दिइएको उनको भनाई छ । भैरहवामा रहेको पक्लीहवा कृषि क्याम्पसमा उपप्रध्यापकको रूपमा समेत रहेका कुँवरले पछिल्लो समयमा समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन आउने थालेको समेत बताए ।

बैशाख १५ गते फार्मले १सय १५ रूपैयाँ पैसा तिरेर ४५ मिनेट सम्म जतिपनि तरबुजा खान पाउने गरी स्कीम समेत ल्याएको थियो । जस अनुसार करिब १ सय ५० भन्दा बढि मानिस फार्मममा आएर तरबुजा खाएका थिए । फार्म स्थापना गर्दा कोभिडको बेलामा ५ जनाले प्रति व्यक्ति १÷१ लाख लगानी सुरुवात गरेका थिए । त्यसपछि ५ जनाले थप १÷१ लाख गरी हालसम्म १० लाख लगानी गरेका छन् । अहिले लगानीको ३ गुणा अर्थात ३० लाख भन्दा बढि को फार्म स्थापना गर्न सफल भएको लगानी कर्ता तथा फार्मका अध्यक्ष राजेश कुँवरले बताए ।

फार्मबाट नै कृषि जन्य उत्पादन विक्रि गर्दा कृषि जन्य उत्पादनको बजारीकरण तथा उपभोक्ताहरूमा राम्रो सन्देश पैदा गर्न सफल भएको जानकारी दिए । फार्मममा किसान, उपभोक्ता तथा विद्यार्थीहरू समेत आउनेगरेको जानकारी दिँदै उनले २० बर्ष भन्दा कम उमेरका विद्यार्थीहरूले समेत फार्मममा अध्ययन गरी सिक्ने मौका समेत पाएको छन् । कृषि ज्ञान केन्द्र रूपन्देहीले केही समय पहिला पढेलेखेका युवाहरूले कृषि पेशा गरेकाहरूको लागि सहयोग कार्यक्रम अन्तर्गत ८ लाख रूपैयाँ सहयोग गरेको थियो । पछिल्लो समयमा बेमौसमी फूल खेती उत्पादनको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको फार्म सञ्चालकले जनाएका छन् ।
फार्मममा प्रविधि प्रर्दशन समेत गरिएको फर्टीकेशन(सिंचाई संगै मल) समेत प्रदान गर्ने गरी प्रविधिको विकास गरिएको छ । यसको साथै टनेल खेती, मल्चीङ्ग, स–सानो हाईटेक समेत निर्माण गरिएको छ । यसको अलवा बहु तह खेती प्रविधि समेत अगाडी बढाइएको छ ।
निकट भविश्यमा एउटा रिसर्च सेन्टरको रूपमाविकास गर्ने गरी काम गर्ने योजना बनाइएको छ ।

फार्ममा ओजेटीका लागि विभिन्न शैक्षिक संस्थाबाट प्रयोगात्मक अभ्यासका लागि विद्यार्थी आउने गरेका छन्।प्रयोगात्मक कुराहरू,स्कुल र कलेजकै पाठ्यसामग्री भन्दा बाहिर र जल्दो बन्दो कृषिका समस्या सङ आधारित रहेर प्रयोगात्मक कुरा टिमले सिकाउँदै आएका छन् ।
कागती खेती, ड्रागन फुट, कुरिलो, तरबुजा सहित मौसमी र बेमौसमी तरकारी खेती, तरकारीका बिरुवा समेत उत्पादन गरी बिक्री बुटवल भैरहवा हुन्छ । यस्तै अम्बा लगायत बस्तुहरू उनीहरूले सामाजिक सञ्जालको व्यापक प्रयोग गरेर काठमाडौँ,पोखरा,धनगढी लगायतका ठाउँमा पुराउने गरेको अध्यक्ष कुँवरले बताए। उनले आफूहरूले उत्पादनसँगै सामाजिक सञ्जालको सम्पर्कबाट किवी र मह जस्ता बस्तु खरिद गरेर विक्री पनि गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?