ट्रेंडिंग:

>> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै
उजिरसिह वडा कप २०८१

वडा नं. ३ र ११ को उपाधि दाबेदारी

६ जेष्ठ २०८१, आइतबार
६ जेष्ठ २०८१, आइतबार

बुटवल, ६ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ को उपाधिका लागि डिफेन्डिङ च्याम्पियन वडा नं. ३ र वडा नं. ११ बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा आईतबार भएको पहिलो सेमीफाईनलमा वडा नं.३ ले वडा नं. १० र वडा नं. ११ ले वडा नं. १ लाई पाखा लगाउदै उपाधि दाबेदारी पेश गरेको हो । फाईनल खेल मंगलबार हुने समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।

नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. ३ ले निर्धारित २० ओभरमा १४४ रनको योगफल तयार गरेको थियो । उसका लागि सुरज सारुले ४१ बलमा शानदार ५५ रनको अर्धसतकिय पारी खेले । रबिन सुवेदीले १० बलमा २४ रनको योगदान दिए । वडा नं. १० का गजेद्र गुरुङ र तौसिफ आलमले समान २—२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. १० भने १५.६ ओभरमा केवल ७८ रनमा समेटियो । उसका लागि अभिषेक ठाकुरले २८ बलमा ३२ तथा विबेक शर्माले १८ बलमा १४ रनको योगदान दिए । कम स्कोरमा रोक्न वडा नं. ३ का सन्देश भण्डारीले ५ तथा सुरज सारुले ३ बिकेट लिए । खेलमा वडा नं ३ का सुरज सारु प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १ ले निर्धारित १९.३ ओभरमा सबै बिकेट गुमाएर ११४ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि राहुल शर्माले ४२ बलमा ४३ तथा आदेश बरुणले २६ बलमा ३८ रन बनाए । वडा नं. ११ का प्रकाश गिरी ३ तथा जगत क्षेत्रीले २ बिकेट लिए । मध्यम स्कोरलाई वडा नं. ११ ले ७७ ओभरमा केवल ३ बिकेटको नोक्सानीमा भेटायो । वडा नं. ११ का दिप्सनले २३ बलमा ३९, प्रकाश गिरीले ७ बलमा १८ तथा सुभमले ६ बलमा २५ रन बनाए । वडा नं. १ का आजाद अहमदले २ तथा अजय चौधरीले १ बिकेट लिए । वडा नं. ११ का प्रकाश गिरी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?