ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

चाउलीको दोभासे रहर

५ जेष्ठ २०८१, शनिबार
५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तु, ५ जेठ । अत्यास लाग्दो मधेसको गर्मी । काखे छोरा बोकेर मुगुकी चाउली नेपाली दुई महिना देखि कपिलवस्तुको तौलिहवामा छिन् । उद्देश्य चाहिँ दोभासे तालिममा सहभागी छन । बिकटको कर्णाली प्रदेशको मुगुबाट आएकी उनलाई मधेसको गर्मीसँगै काखे छोरा भुलाउने पिर उस्तै थियो । काखे छोरा भुलाउन उनका श्रीमानले प्रयत्न त गर्थे तर छोरा आमा नभई भुल्दैन्थे । तर, चाउलीले सबै बाधा झेल्दै तौलिहवामा साङ्केतिक भाषा दोभासे तालिम पुरा गरि अब घर फिर्तीको तयारीमा छन् ।

साविकको मुगु सदरमुकाम गमगढी हाल छायाँनाथ रारा नगरपालिकामा परिवर्तित भएको छ । त्यही नगरपालिकाको वडा नम्बर ४ भागबाडामा उनको घर छ । शिक्षा शास्त्र संकाय तर्फ स्नातक तह पहिलो बर्षमा अध्ययनरत २३ बर्षीया उनका ६ बर्ष र १० महिनाका दुई छोरा छन । तालिममा छोरालाई बेला बेलामा भुलाउन सहयोग लिनकै लागी उनले श्रीमान हिमाल नेपालीलाई पनि साथै ल्याएकी छन । सुगम क्षेत्रका बहिरा नागरिकले थोरधेर शिक्षा र अवसरहरू पाए पनि दुर्गम र पिछडिएका जिल्लाका बहिरा नागरिकको अवस्था अझै पनि दयनिय रहेको उनको अनुभूति हो । तिनै अवस्थालाई नजिकबाट नियालेकी चाउली तिनका भावनालाई अभिव्यक्त गर्न सहयोग पुग्लाकी भनेर नेपाली साङ्केतिक भाषा दोभासे तालिम लिन आएको अनुभव सुनाउँछिन । “अस्पताल र सार्वजनिक कार्यक्रममा समेत बहिरा नागरिकको भावना कसैले बुझन नसकेको अनुभूति गरेकी थिए । कतिपय सम्पन्न बहिरा नागरिक पनि दोभासे अभावले केही कोहि नभएको जस्तो व्यवहार खेप्न बाध्य देखिए । तिनै पीडाहरू देखेर मलाई दोभासे बन्ने रहर जाग्यो ।” चाउलीले भनिन । एकातिर बहिरा नागरिकको भावना अभिव्यक्त गराउन सहयोग पुग्ने र अर्का तर्फ आफूलाई पनि जिविकोपार्जनमा केही सहयोग पुग्ने आशले तालिममा सहभागी भएको उनले बताईन ।

राजधानीको काठमाडौं जिल्ला चन्द्रगिरी नगरपालिका वडा नम्बर १२ बलम्बुकी अनुजा महर्जन पनि नेपाली साङ्केतिक भाषा दोभासेको तालिममा सहभागी भएकी छन । बिज्ञान संकायमा स्नातह तह प्रथम बर्षमा अध्ययनरत उनी सामाजिक कार्यमा अग्रसर रहने गरेकी छन । काठमाडौं मातातिर्थको बृद्धाश्रममा सेवा गर्न जाँदा बहिरा जेष्ठ नागरिकको भावना कसैले नबुझ्ने समस्याले उनको मन छोयो । तिनको समस्या समाधानमा थोर धेर सहयोगकै लागी उनले नेपाली साङ्केतिक भाषा दोभासेको तालिम लिने प्रण गरेर उनी तालिममा सहभागी भईन । उनको दाभासे बन्ने रुचीमा परिवारले समेत हौसला र उत्प्रेरणा दिएको उनले सुनाईन । “मेरो शैक्षिक उपलब्धी अनुसारको अवसरमा क्षेत्रमा समेत यो सिपलाई प्रयोग गर्न तत्पर रहने छु । कार्यक्षेत्रमा यो सिपको पूर्ण प्रयोग गरेर अरूलाई पनि सिकाउन प्रयत्न गर्ने छु ।” अनुजाले भनिन ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर ६ रिछाहाका धनबहादुर राना थारुका ठूला दाजुलाई सुनाई र बोलाई सम्बन्धी अपाङ्गता छ । दाजुले साङ्केतिक भाषा जाने पनि परिवारका अन्य सदस्यले सो भाषा बुझ्दैनन । दाजुको भावना अरूले बुझन नसकेपछि आफूलाई दोभासे तालिम लिन मन लागेको धन बहादुरले बताए । आफूले दाजुसँग प्राकृतिक सङ्केत गरेर केही कुरा बुझ्ने गरेको भए पनि अब तालिम पछि भने दाजुका सबै भावना बुझन सक्ने भएकोमा उनलाई खुसी लागेको छ । आफूहरूले दुई महिना सम्मको तालिममा आधारभूत रूपमा सामान्य बोलीचाली, कृषि, प्रशासन, स्वास्थ्य, शिक्षा र यातायात सँग जोडिएका बिषय बुझन र सङ्केत गर्न सक्षम भएको उनले बताए । आफ्नो पालिकामा दोभासे नभएको जनाउँदै पालिकाभरका करिब १ सय ३० जना बहिरा नागरिकलाई दोभासेको रूपमा सहयोग गर्न आफू तत्पर रहने उनले प्रतिबद्धता जनाए । उनीहरू जस्तै ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी बिपना श्रेष्ठको पनि आफ्नो मिल्ने साथीको दिदीको पनि बोलाई र सुनाई सम्बन्धी अपाङ्गता छ । बिपनाले दिदी सँग साङ्केतिक भाषामा कुरा गर्न नसके पछि दोभासे बन्न रहर जागेको बताउँछिन । “अझै पनि आम नागरिकमा साङ्केतिक भाषा हुन्छ भन्ने ज्ञान छैन । आम नागरिक जस्तै बहिरा नागरिकको पनि भावना हुन्छ । उहाँहरूले पनि सो भावना अभिव्यक्त गर्न र साङ्केतिक भाषा मार्फत सबै बिषय जान्न पाउनु पर्छ ।” बिपना भन्छिन । अब बहिरा नागरिकको भावनालाई सङ्केत मार्फत प्रवाह गर्न आफू लाग्ने उनले बताईन ।

नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रिय बहिरा महासंघको आयोजनामा कपिलवस्तुको तौलिहवामा सुनाई र बोलाई सम्बन्धी अपाङ्गता भएका बहिरा नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यका साथ दुई महिने नेपाली सांङ्केतिक भाषा दोभासे तालिम दिईएको हो । तालिममा देशका अन्य जिल्लाका १५ जना र कपिलवस्तुका ५ जना गरि २० जनाले दोभासेले तालिम लिएका थिए । दुई महिना सम्म भएको तालिममा सहभागी प्रशिक्षार्थीलाई शब्द, सङ्केत, बाक्यहरू, राजनीतिक सिद्धान्तको साङ्केतिकरण, उदघोषणका तरिका, स्थानीय प्रादेशिक र संघिय सरकार सँग जोडिएका बिषयवस्तुमा तालिम दिएको तालिममा प्रमुख प्रशिक्षक कृष्ण गजुरेलले बताए । दोभासे मार्फत संवाद गर्दै उनले तालिमका सहभागी उत्साहपूर्ण रूपमा सरिक भएको र अब सहभागीलाई भविष्यमा बृहत तालिमको आवश्यकता रहेको जनाए ।
२०७८ सालको जनगणनाले देशभर बहिरा नागरिकको संख्या ५१ हजार रहेको देखाए पनि ३ लाख ५० हजार हाराहारी बहिरा नागरिक रहेको अनुमान गरिएको राष्ट्रिय बहिरा महासंघका केन्द्रीय अध्यक्ष सन्तोष केसीले दोभासे जनक पौडेल मार्फत दाबी गरे । हाल सम्म देशभर १ सय ५ जना साङ्केतिक भाषा दोभासे रहेको महासंघको तथ्याङ्क छ । देशका सबै ७ सय ५३ स्थानिय तहमै १/१ जना दोभासेको आवश्यकता रहेको अध्यक्ष केसी बताउँछन । हालसम्म सबै ७ प्रदेशका सामाजिक बिकास मन्त्रालयमा एक/एक जना, कोशी प्रदेशका १२ जिल्लामा १५ जना र देशका बिभिन्न स्थानिय सरकारले १५ जना दोभासे व्यवस्थापन गरि सकेको उनले जानकारी दिए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दोभासे व्यवस्थापन सम्बन्धी कार्यबिधीको ड्राफ्टमा छलफल चलाएको र कार्यबिधि पारित भएसँगै दोभासे व्यवस्थापन सहज हुने अध्यक्ष केसीले बताए । तालिम लिएका दोभासेलाई सम्बन्धित जिल्लाका सम्बन्धित पालिकामा व्यवस्थापनका लागि समेत महासंघले पैरवी गर्ने उनले जानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?