ट्रेंडिंग:

>> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा

मौरीपालन गरेका वि.क.ले १५ महिनामा करिब ५० किलो बढी मह उत्पादन गरेको उनी बताउँछन् । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको बताए । ‘महमा थप गुणस्तर दिन खोजेको छु’, उनले भने, ‘महमा गुणस्तर हुँदा सहजै घरबाट बिक्री हुने गरेको छ ।’
४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ४ जेठ । ‘२०७२ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको थिएँ । त्यहाँ म्याक्सेस सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दथेँ । काम गर्ने क्रममा ५ तला माथि छतबाट अचानक दुर्घटनामा परे । देब्रे खुट्टा भाँचिएको थियो । मलेसियामै करिब तीन महिना आरामपछि २०७९ सालको फागुनमा स्वदेश फर्किएँ’ कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–५, देविपुर घर भएका ३१ बर्षीय लिल बहादुर वि.क.ले भने ।

उनको दिनचर्या राम्रै चल्दै थियो । एकदिन उनीमाथि अचानक बज्रपात आइलाग्यो । उनीसँगै घर परिवारले सजाएको सपना अधुरो हुनुपर्ने बाध्यता भयो । वि.क. पाँचौं तलमाथि काम गर्दैगर्दा छतबाट खस्छन् । त्यसपछि उनको अस्पतालको बसाइँ कष्टकरसँगै आम्दानीको पाटो पनि बन्द भयो । करिब २ लाख औषधि उपचार खर्चमा ३३ दिन लिलबहादुर अस्पताल बसेको दिन सम्झिँदै हेरचाह गर्ने समेत मानिस नभएपछि कम्पनीले २०७९ सालमा घर फर्किएको उनी बताउँछन् ।

आफू अपांगता भएपछि कसको मन नर्मला र ? मन मारेर बसेका उनी घर नजिकै रहेको जंगल घुम्न पुगे । रुखमा लागेका मौरी देख्छन् । विकको मन मौरी माथि मोह बस्छ । धोद्रो रुखको दुई वटा मुरामा घरमा लग्ने प्रयास गरे । त्यो देखेपछि अब त केहि गर्न सक्छु कि भन्ने उनको मनमा आशा पलायो । यतिबेला विक व्यवसायिक रूपमा मौरी पालन गरेर मनग्ये आम्दानी नभएपनि घर खर्च चलाउँदै आएका छन् । घरमा रहेका काठ फर्निचरमा चिराएर एक हजार रूपैयाँको लगानीमा मौरीपालन उनले सुरु गरे । आफैले बनाएको २ वटा काठको मुंग्रे घारबाट सुरुवात गरेको उनी अहिले केहि मुंग्रे घार र केही फर्निचर घार गरी २३ वटा घारमा मौरी पाल्दै आएको उनले बताए ।

सेरेना जातको मौरी पालेको बताउँदै स्थानीय सरकार लगायत सम्बन्धित निकायले आफूले राम्रो गर्ने प्रयास गरेपनि सहयोग नगरेको उनले गुनासो गरे । यदि सहयोग गरे केही स्थानीय युवाहरूलाई रोजगारी दिने सोंच बनाएको विकले जिकिर गरे । मौरीपालन गर्दै आएका लिलबहादुरले मौरीपालन व्यवसाय रोजेपनि भएको आम्दानीले बालबच्चा पालन र घर खर्च चलाउन हाल हम्मे हम्मे परेको छ । उनको खुट्टाको राम्रो उपचार गराउन सके सपांग सरह हुने विकले दावी गरेका छन् । आर्थिक रूपमा सहयोग नगरेपनि मौरी पालनमा विकले सहयोगको अपेक्षा समेत गरेका छन् । उनी अपांगता भएपनि स्थानीय स्रोतसाधनको प्रयोग गरी असल मौरी पालक बन्ने उनको लक्ष्य छ ।

केही गर्न सकिन्न भन्नेहरूका लागि अपांगता रहेका लिल बहादुर सपांगहरूको लागि समेत उदाहरण बनेका छन् । मौरीपालन गरेका वि.क.ले १५ महिनामा करिब ५० किलो बढी मह उत्पादन गरेको उनी बताउँछन् । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको बताए । ‘महमा थप गुणस्तर दिन खोजेको छु’, उनले भने, ‘महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।’ महको माग अत्यधिक भएपनि माग अनुसार मह पु¥याउन नसकिएको लिलबहादुरको भनाइ छ । विगतको तुलनामा मौरीपालनको फरक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उनले सुनाए । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी, फलफूल लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?