ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौंं, ४ जेठ ।

फागुन ९ गते टोखाकी गीता नापितले काठमाडौँ मोडेल अस्पतालमा अप्रेसन गरिन् । लामो समयदेखि पित्त थैलीको समस्याबाट ग्रसित नापितले काठमाण्डौं महानगरपालिकाले शुरु गरेको लक्षितबर्ग उपचार सेवा लिएर अप्रेसन गरेकी हुन् । उपचारका लागि प्रणालीमा विरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाडौँ मोडेल अस्पताल हो । भने निशुल्क स्वास्थ्य सेवा लिएर अपे्रसन गर्ने पहिलो बिरामी नापित हुन् । त्यस्तै ,कैलालीका प्रमिला चौधरीको नवजात शिशुको काठमाण्डौं मेडिकल कलेजमा उपचार भैरहेको छ । दिन नपुगी जन्मिएका शिशुको ( प्रि ट्रम बेबी ) एनआईसियुमा उपचार भैरहेकोे छ ।

काठमाडौं महानगरपालिकाले निजी अस्पतालमा १० प्रतिशत लक्षित वर्ग उपचार सेवा कार्यान्वयनमा ल्याएको छ । महानगरले क्षेत्र भित्र रहेका अस्पतालहरुले विपन्न, असहाय र बेवारिसे नागरिकहरुलाई कुल शैयाको १० प्रतिशत विरामिलाई लाग्ने सम्पुर्ण उपचार खर्च निःशुल्क गर्नुपर्ने कानूनी व्यवस्था गरेको हो । काठमाडौं महानगरपालिकाले यो ब्यवस्थागरेसँगै नापित र चौधरी मात्र होईन । तीन महिनाको अवधिमा ५२ जनाले काठमाण्डौै महानगरपालिकाले शुरु गरेको लक्षित वर्ग निःशुल्क उपचार सेवा लिएका छन।्

तीन महिनामा ५२ जनाले लिए निःशुल्क उपचार सेवा

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाले फागुन १ गते देखि शुरु गरेको लक्षित वर्ग सेवाबाट ३ महिनमाको अवधि (वैशाख ३१ गते)सम्म ५२ जना लाभान्वित भएका छन् । महानगरभित्र रहेका निजी अस्पतालबाट तीनजना बेवारिसे र ४९ जना विपन्न गरी ५२ जना बिरामीले निःशुल्क उपचार सेवा लिएका हुन्। यस्तै सेवा लिनेमा २३ जना पुरुष, २६ जना महिला युवा तथा वृद्ध र ३ जना बालबालिका छन् । यसरी सेवा लिनेमध्ये १३ जना उपचाररत छन् ।भने ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभरीका २४ जिल्लाका बिरामीले निशुल्क उपचार सेवा लिएका छन् । सबैभन्दा धेरै ८ जना काठमाडौं जिल्लाको सेवाग्राहीले सेवा लिएका छन् ।

‘जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक–बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला । ‘नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले दिएको स्वास्थ्यसम्बन्धी हक प्रत्याभूति गराउन महानगरपालिकाले काम गरिरहेको छ,’स्वास्थ्य विभागका प्रमुख सजिना महर्जन भन्छिन्, ‘अस्पतालहरूले यसको मर्मअनुसारको सेवा प्रदान गर्नुहुनेछ भन्नेमा महानगरपालिकाले विश्वास लिएको छ ।’

नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा समेत सो सम्बन्धि व्यवस्था गरेकाले नेपाल भरका उक्त वर्गमा पर्ने नागरिकहरुलाई काठमाण्डौ महानगरपालिका क्षेत्र भित्रका अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहूच योग्य र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीको समेत विकास गरेको छ । निःशुल्क उपचार गराउन महानगरपालिकाले विकास गरेको अनलाइन प्रणालीमा ५२ वटा अस्पताल आवद्ध छन् । यसमा ३ सय ७४ शैय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । यो प्रणाली जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले संयोजन गरिरहेका छन् ।

श्रेष्ठका अनुसार लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एकबाट सेवाका लागि जान सक्छन् । एक विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दुई, विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सक्छन् । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।

निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि

१) गरिबी परिचय पत्र भएका बिरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने ।
२) यदि गरिबी परिचय पत्र छैन भने बिरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने ।
३) वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने ।
४) यदि बिरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने । काठमाडौं महानगरपालिकाको निशुल्क फोन नं ११८० मा सम्पर्क गर्न सकिनेछ ।
५) बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने ।
सेवा लिनेले साइटमा कसरी सेवा लिने

वेभ बारमा गएर एड्रेस टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शैय्या खाली छ कि छैन । साइटबाटै हेर्न सकिने ब्यवस्था महानगरले मिलाएको छ ।

साइटबाट ७ प्रकारका डकुमेन्ट डाउनलोड गर्न सकिन्छ । निःशुल्क उपचार सम्बन्धी महानगरपालिकाको कार्यविधि, कार्यविधिबमोजिम निःशुल्क उपचार सेवा लिनेहरुले शिफारिसका लागि दिने निवेदन, वडाले निःशुल्क उपचारका लागि दिने शिफारिस, मुचुल्काका ढाँचासहित कार्यविधिका अनुसूचीहरु २, ३, ४, ५, ६ र ७ डाउनलोड गर्न सकिन्छ । अनुसूची १ र ८ प्रतिवेदन सम्बन्धी भएकोले सेवाग्राहीका लागि आवश्यक पर्दैन ।

निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भएको छ । समितिमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन् ।

अहिलेसम्म निःशुल्क सेवा प्रदान गर्ने अस्पतालहरु

१)काठमाडौँ मोडेल अस्पतालले ४ जनालाई उपचार गरेकोमा ३ डिस्चार्ज १ जना उपचाररत ।
२)अन्नपूर्ण न्युरो अस्पतालले ८ जनालाई उपचार गरेकोमा ३ डिस्चार्ज ५ जना उपचाररत ।
३)काठमाडौ मेडीकल कलेज।ले ३ जनालाई उपचार गरेकोमा १ डिस्चार्ज २ जना उपचाररत ।
४० छत्रपार्टी निःशुल्क चिकित्सालयले २ जनालाई उपचार गरेकोमा २ डिस्चार्ज ।
५) ब्लुक्रस अस्पतालले १ जनालाई उपचार गरेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
६) कालिमाटी चेष्ट अस्पताल (नाटा) २ जनालाई उपचार गरेकोमा १ जना डिष्चार्ज भई १ जना उपचारारत हुनुहन्छ ।
७) मनमोहन मेमोरियल मेडीकल कलेज तथा शिक्षण अस्पताल २ जनालाई उपचार गरेकोमा १ जना मृत्यु र १ जना उपचारारत ।
८) मेट्रो काठमाण्डौ अस्पताल १ जनालाई उपचार गरेकोमा १ जना डिस्चार्ज भएको ।
९) नेपाल आँखा अस्पताल २ जनालाई उपचार गरेकोमा २ जनानै डिस्चार्ज भएको ।
१०) नेपाल नेशनल अस्पताल १ जनालाई उपचार गरेकोमा १ जना डिस्चार्ज भएको ।
११) नर्भिक अन्तराष्ट्रिय अस्पताल १ जनालाई उपचारारत ।
१२) पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालले ६ जनालाई उपचार गरेकोमा ५ जना डिस्चार्ज र १ जनाको मृत्य भएको १३) सिल्भतलाईन अस्पतालले १ जनाको उपचारपछि डिस्चार्ज भएको ।
१४) स्तुपा सामुदायिक अस्पताल १ जनाको उपचारको क्रममा मृत्यु ।१५० नेपाल भारत मैत्री अस्पतालले १ जनालाई उपचार गराईरहेको ।
१६) हिमाल अस्पतालले १ जनालाई उपचार गरेकोमा १ जना डिस्चार्ज भएको ।
१७) मेडीकेयर अस्पतालले १ जनालाई उपचारा गराईरहेको । बाकीको राष्ट्रीय मृगौला केन्द्रमा निःशुल्क मृगौला डायलाईसिस हुदै गरेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए ।

नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था रहेको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार कानुनमा भएको व्यवस्था कार्यान्वयनमा काठमाडौं महानगरको अग्रसरता सकारात्मक हो । तर, यो सुविधा लिनका लागि लक्षित वर्ग अर्थात् विपन्न तथा असहाय नागरिकले प्रक्रियागत झन्झट भोग्नुपर्ने अवस्था भने आउन नहुने सेवाग्राहीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?