ट्रेंडिंग:

>> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश

घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति

४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधारोन्मुख अर्थतन्त्रको सङ्केत देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय तथ्याङ्कलाई हेरेर शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको गरेको राष्ट्र बैंकले बजारमा तरलता प्रवाह हुने गरी नीति  लिएको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा र अटोमोबाइल क्षेत्रमा जाने कर्जामा सहजीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले हायर पर्चेज (सवारी) कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्ने बताएको छ ।

यसअघिको व्यवस्थाले हायर पर्चेज कर्जादेखि घरजग्गा तथा रियल स्टेट तथा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतसम्म पुर्याइएको थियो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतमा झारेको थियो । तर, दोस्रो त्रैमासिक समीक्षामा सवारी कर्जाको सवालमा प्रायः मौन बसेको केन्द्रीय बैंकले तेस्रो त्रैमासको समीक्षामार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिदिएको छ ।

खासगरी केन्द्रीय बैंकको कडा नीतिका कारण लगानीका क्षेत्रहरू बाँधिदा बैंकहरूले कर्जा लगानी गर्न नसकेको र जसले गर्दा पछिल्लो समय बैंकहरूमा पर्याप्त तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको बताइएको छ ।

२०८० जेठ १ गतेसम्म बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको निक्षेप (डिपोजिट) हुँदैगर्दा कर्जा लगानी ५१ खर्ब १० अर्ब मात्र भएको छ । समीक्षा अवधिमा ८०.३५ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप) अनुपात कायम गरेका बैंक तथा वित्त कम्पनीहरू अझै थप १० प्रतिशत लगानी गर्न सक्ने क्षमतामा छन् । तर, केन्द्रीय बैंकको केही कडा नीति र बजारका कारण बैंकहरूले लगानी गर्न सकिरहेका छैनन् ।

बजार (अटोमोबाइल व्यवसायीहरू) ले पनि राष्ट्र बैंकको कडा नीतिका कारण बैंकबाट कर्जा लिने अवस्था नभएको र व्यवसाय चौपट भएको भन्दै विरोध जनाइरहेका थिए । यसैको प्रभाव केन्द्रीय बैंक आफ्नो नीतिमा केही लचक हुँदै सवारी कर्जाको जोखिम भार घटाएको हो ।

यस्तै, बैंकहरूकोे अधिक कर्जा लगानीको क्षेत्र घरजग्गा तथा रियल स्टेट क्षेत्रमा पनि केही लचक नीति लिइदिए कर्जा प्रवाह बढ्ने र यसले समग्र अर्थतन्त्रको गतिशीलतामा सहज हुने केन्द्रीय बैंकको बुझाइ छ ।

घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टू ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?