ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय

३ जेष्ठ २०८१, बिहीबार
३ जेष्ठ २०८१, बिहीबार

सुर्खेत, ३ जेठ ।

एमालेभित्र देखिएको आन्तरिक विवादका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दुई वटा मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूसँग राखेका उनले अहिले भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि आफैसँग राखेका हुन् ।

कृषिमन्त्रीमा सिफारिस गरिएका विनोदकुमार शाहले शपथ ग्रहण गर्न अस्वीकार गरेपछि उक्त मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । मुख्यमन्त्री कँडेलले शाहलाई १८ बैशाखमा कृषिमन्त्रीमा नियुक्त गरेका थिए । तर, हालसम्म पनि शाह मन्त्रालय आउने कुनै छाँटकाँट नदेखेपछि कँडेलले उक्त मन्त्रालय पनि आफैसँग राखेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (९) अनुसार प्रदेश प्रमुख तिलक परियारले मन्त्रीपरिषद्को जिम्मेवार हेरफेर गरेका छन् । जसअनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने छन् । त्यसबाहेक अन्य मन्त्री र मन्त्रालय भने यथावत छन् ।

पूर्वमन्त्री समेत रहेका एमाले प्रदेशसभा सदस्य शाहले आफुले चाहेको मन्त्रालय नपाएपछि शपथग्रहण अस्विकार गरेका थिए । शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मागेका थिए । तर मुख्यमन्त्री कँडेलले शाहलाई कृषिमन्त्रीमा नियुक्त गरे । मुख्यमन्त्री कँडेलले भौतिक तथा पूर्वाधार मन्त्रालयमा शेरबहादुर बुढालाई सिफारिस गरेका छन् ।

मन्त्रीको शपथ लिन तयार हुँदासम्म पनि कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा एमालेका सांसदहरुलाई जानकारी गराइएको थिएन । एमालेबाट विनोदकुमार शाह, शेरबहादुर बुढा र राज्यमन्त्री गमता विकलाई शपथग्रहण गर्न आउन मुख्यमन्त्री कँडेलले भनेका थिए । सोही बमोजिम नेताहरू मन्त्रीको शपथ लिने तयारी गरिरहेका थिए । जसमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीको शपथ लिने तयारी शाहले गरिरहेका थिए ।

सुरुमा गोप्य राखिएको मन्त्रीहरूको नामावली प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक ग¥यो । उक्त नामावलीमा भौतिकमन्त्रीको शपथ लिने तयारी गरेका शाहको नाम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा थियो । यसबाट रुष्ट बनेका उनले शथप ग्रहण कार्यक्रम नै बहिष्कार गरे ।

शपथ ग्रहणलाई बहिस्कार गरेका उनी पार्टीमा वरिष्ठताका आधारमा आफूलाई अपमान गरिएको प्रतिक्रिया दिएका थिए । शपथ बहिस्कार पश्चात शाह काठमाडौं पुगेर एमाले अध्यक्ष केपी शर्मा वली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

हाल कर्णाली सरकारमा मुख्यमन्त्री सहित एमालेबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने अर्को सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) बाट चार मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?