Butwal Today

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

३ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

सुर्खेत, ३ जेठ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले यही जेठ ११ गते शुक्रबार दिउँसो तीन बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ । उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ ।