ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

‘शिक्षण अस्पताल’ क्रिमशनको लक्ष्य

स्थापनाको १३ वर्ष पुरा गरेको क्रिमशन अस्पतालमा ओपिडितर्फ ६६ हजार जना र ओटीतर्फ २४८० जनालाई सेवा दिन सफल भएको छ । हाल एक सय बेड सेवा रहेको अस्पतालको लक्ष्य भने २०० बेड सेवासहितको शिक्षण अस्पतालका रुपमा विकास गर्ने रहेको छ ।
२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

बुटवल, २ जेठ । क्रिमशन अस्पताललाई रुपन्देही जिल्लाकै शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्यसहित अघि बढेको अस्पताल ब्यवस्थापन समितिको दाबी गरेका छन । क्रिमशन कलेज अफ टेक्नोलोजीको नाममा २४ वर्षअघि कलेज स्थापना भएको अस्पताल भविष्यमा मेडिकल कलेज बनाउने लक्ष्य रहेको कलेजका प्राचार्य देवि प्रसाद भण्डारीले बताए । ‘हामीले मेडिकल बेस बनाउन सफल भएका छौ ।’— उनले भने । पूर्वाधारसहितको अत्याधुनिक र सुविधासम्पन्न हुदा पनि मेडिकल कलेजको लागि सक्षम रहेको उनले बताए । शुरुवातमा आईटी क्षेत्रमा अध्यापन गराउदै सन २००२ मा बिसिए आईटी, हेल्थ साईन्स हुँदै अस्पतालको अवधारणा अघि बढाएको उनले बताए । हाल हाल बि फार्मेसी, बिएस्सी एमएचडी, बिएस्सी नर्सीङ र एसआईटि अध्यापन हुदै आएको छ । बिस २०६८ सालमा निजि क्षेत्रको लगानीमा सेवा शुभारम्भ गरेर अस्पताल आम नागरिकको स्वस्थ्यको पहुचलाई जोड दिदै आएको छ । नेपालका आठ वटा नर्सिङ कलेजहरु बन्द भएको गुनासो गर्दै यो अवस्थालाई चिर्दै चिकित्सक शिक्षा आयोगको भर्खरमात्र सय बेड अस्पताल संचालन भएमा स्वीकृत दिने निर्णय सकारात्मक भएको उनले बताए । बिएनएस, एम फार्मा अध्यापन गराउने लक्ष्य रहेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको योगदान दिदै आएका अस्पतालले १३ औ वार्षिकोत्सवको अवसरमा बुधबार पत्रकार सम्मेलन गरि अस्पतालका अध्यक्ष दुर्गा पाण्डेले निक्कै चुनौतीहरु पार गर्दै २३ वर्ष पुरा गरेको बताए । शुरुवातमा आईटिको हबका रुपमा विकास गर्ने सोच अगाडि लिएको टिम अहिले स्वास्थ्य क्षेत्रमै नमुना सेवा दिन सफल भएको उनले दाबी गरे । नेपाल सरकारबाट एमडीको २ सय र डिएमको ५ सय रुपैया न्युनतम शुल्क तोकिएको भएपनि आफुहरु त्यो भन्दा सस्तोमा सेवा दिदै आएको उनले दाबी गरे । हाल २२ जना कन्सल्टेन्ट चिकित्सकहरु, २४ जना जनरल चिकित्सक तथा २२९ जना स्टाफ नर्सहरुबाट सेवा दिदै आएको उनले बताए । निकट भविष्यमा क्यान्सर उपचार अघि बढाउने लक्ष्य रहेको उनले बताए । आमा सुरक्षा कार्यक्रम लागू भएसंगै आईबिएफ सेवा अघि बढाउने उनले बताए । शिक्षण अस्पतालको बनाउने लक्ष्य कोभिड र आर्थिक अवस्थाका कारण केही कठिनाई उत्पन्न भएको उनले बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा शेखर प्रसाद पोखरेलले अन्य अस्पतालभन्दा सुविधासम्पन्न ५० सैयाको बेडसहित पुर्वाधारको अस्पतालका रुपमा फरक ढंगबाट संचालन भएको बताए । बिरामीहरुको सुविधा हुने गरि थप ५० सैया थप अहिले एक सय बेडमा रहेको उनले बताए । अस्पतालमा अत्याधुनिक न्युरो सेवा संचालनमा रहेको उनले बताए । अस्पतालमा नया सेवाका रुपमा ब्रोन्कोस्कोपी, एमआर सेवा सेवा संचालनको तयारीमा रहेको उनले बताए । अस्पतालमा ओपिडितर्फ ६६ हजार जना र ओटीतर्फ २४८० जनालाई सेवा दिन सफल भएको उनले बताए । अस्पतालमा यसै वर्षदेखी सामाजिक सुरक्षा कार्यक्रम लागू भएको उनले बताए । अस्पतालमा निशुल्क डायलोसिस सेवा, एन्जिओ प्लास्टिक र एन्जिओग्राफीमा सरकारबाट दिईने १ लाख रुपैया बराबर छुटको ब्यवस्था रहेको छ । अस्पतालमा ३५० जना कर्मचारीहरु र कलेजमा ७० जना गरि ९५ प्रतिशत स्थानियले रोजगार पाएका छन । अस्पतालबाट एमडी, डिएम गरेका चिकित्सकहरुबाट एक सय रुपैयामा ओपिडी सेवा दिदै आएको छ । यसै गरि अस्पतालको स्थापना दिवसको अवसर पारेर ओपिडि निशुल्क र ल्याबमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको उनले बताए ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बश्यालले वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन, रक्तदान कार्यक्रम तथा निशुल्क परिक्षण तथा परिक्षणमा छुट लगायतका कार्यक्रमहरु गरेर मनाउन लागेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?