ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

सुचिकृत नभएको धानको बीउ नष्ट

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

नवलपरासी, २ जेठ । जिल्लास्थित विभिन्न कृषि सामग्री बेचविखन गर्दै आएका एग्रोभेटहरूमा नेपालमा सुचिकृत नभएको बिक्री वितरण हुँदै आएका धानका बीउ अनुगमन टोलीले बरामद गरि नष्ट गरेको छ । बीउ बिजन प्रयोगशाला भैरहवा र कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरू सहितको अनुगमन टोलीले ती एग्रोभेट तथा हाटबजारमा बिक्री हँुदै आएका बीउहरू जफत गरि नष्ट गरेको हो ।

नेपालमा सुचिकृत नभएका धानका बीउ भारतको विभिन्न बजारबाट ल्याएर आफ्नो एग्रोभेटमा राखेर बिक्री वितरण गर्दै आएको अवस्थामा फेला पारियो, ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले भने, अनुगमनका क्रममा भेटिने सुचिकृत विनाको धान विउँ जफत गरियो र कार्यालयमा ल्याएर नष्ट गरिएको छ । पहिलो चरण नेपालमा सुचिकृत जातका धानको विउँ मात्र बिक्री वितरण गर्न सचेत समेत गराईएको उनले बताएका थिए ।
सदरमुकाम परासी, पटखौली, जमुनिया, गोपिगँज, बर्दघाट र सुनवलका विभिन्न स्थानमा अनुगमन टोलीले अनुगमन गरेको थियो । उनका अनुसार झण्डै दुई लाख बराबर मुल्य पर्ने साढे तिन क्वीन्टल धाँनका विउँ जपत गरिएको थियो । ती बीउलाई ज्ञान केन्द्र परिसरमा ल्याएर गाडियो । अहिले धानको बीउ राख्ने बेला आएको छ, उनले थपे, नेपालमा सुचिकृत भएका, नेपालमै विउँ उत्पादन गरिएका धानका बीउ कम्पनीहरूले उपलब्ध गराउँदा गराउँदै पनि ती एग्रोभेटहरूले भारतिय बजारबाट अवैध रूपमा ल्याएर विक्रि वितरण गर्दै गरेको पाइएको छ ।
सुचिकृत नभएका धानका विउँ ल्याएर किसानलाई बिक्रि गर्ने र पछि धान नफल्ने,रोगकिरा लाग्ने जस्ता समस्या आए पछि किसान सरकारले केही गरेन्,भन्दै कार्यालय घेर्ने जस्ता समस्या नआओस भनेर बेलामै अनुगमन गरिएको उनको भनाई थियो । नेपालमा सुचिकृत भएका धानका विउँको जिम्मेवारी सम्बन्धित बीउ उत्पादन गर्ने कम्पनीले लिन्छ, नेपालमा उत्पादन भएका विउँको जिम्मेवारी पनि सम्बन्धित कम्पनी र नेपाल सरकारले पनि जिम्मेवारी लिने गर्छ । तर सुचिकृत नै नभएका विउँको जिम्मेवारी कस्ले लिईने ? जस्ता प्रश्न खडा हुन्छ । सिमावारीबाट ल्याईने विभिन्न बीउमा विगतमा पनि समस्या देखिएका थिए, प्रमुख चौबेले भने, त्यसलाई निरुत्साहन गर्न आवश्यक छ ।

यस प्रति किसान समेत सचेत हुनुपर्ने बताउदै सोझासाझा किसानलाई थाहा नहुन सक्छ,तर तालिम प्राप्त गरेर दर्ता प्रकृया पुरा गरि विँउको कारोबार गर्ने एग्रोभेटहरू यस प्रति सचेत हुनु पर्ने हो । किसानलाई ति धानको जिम्मेवारी सरकारले लिदैन पनि भन्नु पर्छ, किसानलाई नेपालमै उत्पादन भएका विउँको प्रयोग गर्न प्रोत्साहित पनि गर्नु पर्छ । विभिन्न तालिम गोष्ठिमा पनि यसबारे कुरा उठाउने गरिएको छ । कानुन अनुसार नेपालमा सुचिकृत नभएका धाँनको विउँ विक्रि वितरण गर्नेलाई दण्ड जरिवाना र कैद सजाय सम्मको ब्यवस्था रहेको छ । तर अहिले सम्बन्धित एग्रोभेटलाई अनुगमन गर्दै सचेत गराउने र सुचिकृत नभएका विँउ जपत गरि नष्ट गर्ने कार्य मात्रै गरियो, अर्को पटक कानुनी कारवाही समेत गरिने चेतावनी समेत दिईएको थियो । उतm अनुगमन टोलीमा ज्ञान केन्द्रका प्रमुख डा.चौबे सहित बीउँ बिजन प्रयोगशाला भैरहवाका निमित्त प्रमुख शालिकराम गौतम,विषादी निरिक्षक राजेन्द्र यादव,जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी प्रतिनिधि,पत्रकार र अन्य कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?